१३ असार, दाङ । आचारसंहिताविपरीत मौन समयमा चुनावी प्रचारप्रसार र मतदातलााई प्रलोभनमा पार्न खोजेको भन्दै कांग्रेस सांसद डिल्ली चौधरी गरीवी निवारण कोषका कार्यकारी प्रमुख नहकुल केसीलाई तुलसीपुरका स्थानीयवासीले घेराउ गरेका छन् ।
गरिवी निवारण कोषको गाडीसमेत तुलसीपुर उपहानगरपालिका १७, भेलाहीका स्थानीयले केहीबेर कब्जा गरेका थिए । सोमबार साँझ भेलहीमा दोहोरो भनाभन भएपछि चौधरी केसी त्यहाँबाट बाहिरिएका थिए ।
सांसद चौधरीले एमाले र माओवादी कार्यकर्ताले आफूमाथि दुव्र्यवहार गर्न खोजेको बताएका छन् ।
गिरिवी निवारण कोषको साधन स्रोत चुनावमा मतदाता प्रभावित पार्न खर्च भएको आरोप एमाले र माओवादीका उम्मेवारले लगाएका छन् ।
यसैबीच केसीले भने आफन्त हरिराम चौधरीलाई पत्नी वियोगमा रहेकाले भेट्न गएक बताएका छन् । साथै उनले केही दलका कार्यकर्ताले भने जस्तो भोट नमागेको भन्ज्दै उनले भने, ‘मैले कुनै राजनीतिक कर्ममा भाग पनि लिएको छैन ।’
प्रतिक्रिया 4