+
+

‘गङनम स्टाइल’लाई उछिन्यो ‘सि यू अगेन’ले, यूट्यूवमा पायो यत्रो भ्यूज

अनलाइनखबर अनलाइनखबर
२०७४ असार २८ गते १२:१७

कोरियाली गायक साईको ‘गङ्नम स्टाइल’ अब यूट्यूवमा सर्वाधिक हेरिएको भिडियो रहेन । विगत पाँच वर्षदेखि यसले कायम गरेको किर्तिमान भंग भएको छ ।

गङनम स्टाइल यूट्यूवमा यति धेरै हेरिएको थियो कि यसले यूट्यूवको प्ले काउन्टरलाई नै भत्काइदिएको थियो । यसले अधिकतम संभावित भ्यूजको २ अर्ब १४ करोड ७४ लाख ८३ हजार ६ सय ४७ को सीमालाई तोडिदिएपछि कम्पनीले यसको कोड पुनर्लेखन गर्नुपरेको थियो ।

तर, अहिले आएर गङनम स्टाइलको रेकर्ड अर्को म्युजिक भिडियोले तोडेको छ । विज खालिफा र चार्ली पुथको ‘सि यू अगेन’ को म्युजिक भिडियोले यसलाई उछिनेको हो । मन छुने यो गीत अहिलेसम्म २ अर्ब ९० करोडभन्दा बढि पटक हेरिसकिएको छ । जबकि गङनम स्टाइलको अहिलेसम्मको भ्यूज दुई अर्ब ८९ करोड ४४ लाख २६ हजार ४ सय ७५ रहेको छ । सि यू अगेनमार्फत खालिफा र पुथले यूट्यूवबाट २९ लाख डलर कमाई गरिसकेका छन् ।

‘म सन् २००७ मा यूट्यूवमा जोडिदा आफ्नो भिडियोले १० हजार भ्यूज पाउने लक्ष्यका राखेको थिएँ,’ चार्ली पुथले टि्वटरमा लेखेका छन्, ‘अहिले सि यू अगेनको भ्यूज हेर्दा पत्याउनै सकिरहेको छैन ।’

यो गीत एक्सन फिल्म फ्यूरियस ७ मा समावेश थियो, जुन फिल्मको निर्माण सकिनुपूर्व कार दुर्घनामा मृत्यू भएका अभिनेता पाउल वाल्करको सम्झनामा लेखिएको हो । यो सन् २०१५ मा विश्वव्यापीरुपमा सबैभन्दा बढि विक्री भएको गीत थियो । ग्रामी र ओस्कार अवार्डका लागि यो गीत मनोनयनमा परेको थियो ।

यो भिडियो अपलोड भएको ६ महिनामै एक अर्व भ्यूज पाएको थियो भने गत सेप्टेम्बरमा दुई अर्ब पुगेको थियो । तर यूट्यूवमा सर्वाधिक हेरिएको भिडियोमा यसको रेकर्ड लामो समय टिक्नेवाला छैन ।

लुइस फोन्सीको म्युजिक भिडियो डेस्पासिटोले ६ महिनामै २ अर्ब ५० करोड भ्युज आर्जन गरिसकेको छ । यसले चाँडै नै सि यू अगेनलाई उछिन्ने विश्वास गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?