+
+

न्यूयोर्कमा जब प्रियंकालाई एडामले चक्कु हान्न खोजे…

अनलाइनखबर अनलाइनखबर
२०७४ असार २८ गते १६:२६


बलिउड चलचित्र नगरी भन्दा हलिउडमा व्यस्त हुन थालेकी नायिका प्रियंका चोपडालाई मंगलबार न्यूयोर्कको सेन्ट्रल पार्कमा मिडियाले क्यामेरामा कैद गरेको छ ।

नायिका प्रियंका  चोपडा र हलिउड स्टार एडाम डिभाइन सेन्ट्रल पार्कमा नयाँ चलचित्रको छायांकनमा व्यस्त थिए । एक दृश्यमा प्रियंकालाई एडामले पछाडिबाट चक्कु हान्नुपर्ने दृश्य थियो ।

सो दृश्य छायांकनका क्रममा ३४ बर्षकी बलिउड स्टारको क्लिभेज स्पष्ट देखियो । एडामले उनलाई पछाडिबाट चक्कु हान्ने क्रममा पिंक कलरको पहिरन लगाएकी प्रियंका  आत्तिइन् । टेक दिएपछि चोपडा फेरि सामान्य अवस्थामा फर्किइन् र पहिरन मिलाउन थालिन् ।

‘वेवाच’ नामक चलचित्र र ‘क्वान्टिको’ नामक सिरियलमा काम गरिसकेकी चोपडा फेरि अर्को नयाँ हलिउड चलचित्रमा व्यस्त छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?