+
+

शेष घलेले मेलबर्नको हेरिटेज बिल्डिङमा चारतारे होटल बनाउने

अनलाइनखबर अनलाइनखबर
२०७४ साउन ५ गते १३:०७
मेलवर्नका मेयरका साथमा शेष घले उनले खरिद गरेको नयाँ भवनका अगाडी

२० जुलाई, मेलबर्न । गैरआवासीय नेपाली संघ एनआरएनएका अध्यक्ष शेष घलेले मेलबर्नमा नयाँ चार तारे होटल खोल्ने भएका छन् ।

मेलबर्नको सबैभन्दा उत्कृष्ट स्थान भनेर चनिने सेन्ट्रल बिजनेस डिस्ट्रिक्टको एउटा हेरिटेज बिल्डिङ हालै खरिद गरेका उनले त्यहाँ चार तारे होटल बनाउने योजना बनाएका छन् ।

हाल ब्याकप्याकर होटल रहेको सो भवन उनले केही महिनाअघि २ करोड ७१ लाख डलरखमा खरिद गरेका थिए ।

सन् २०२० मा हाल होटल सञ्चालन गरिरहेको समूहसँगको सम्झौता सकिएपछि जिर्णोद्वार गरी नयाँ होटल सञ्चालन गर्ने घले दम्पतीको योजना छ ।

‘द अष्ट्रेलियन’ दैनिकसँग कुरा गर्दै उनले हेरिटेज बिल्डिङलाई जिर्णोद्वार गरी होटल सञ्चालन गर्ने योजना रहेको बताएका छन् । झण्डै ४ करोड डलरको लगानीमा उनले यसलाई जिर्णोद्वार गर्ने योजना बनाइरहेका छन् ।

 

जीर्ण बनेका पूराना भवन खरिद गरी त्यसको बाहिर स्वरुप र सज्जालाई नबिगारी भवन जिर्णोद्वार गर्ने कार्यमा यो जोडीको राम्रो अनुभव रहेको छ ।

मेलबर्नकै पूरानो अर्को भवन अर्गस खरिद गरेका उनीहरुले ठूलो रकम खर्चेर जिर्णोद्वार गरी त्यहाँ एमआइटी कलेज सञ्चालन गरिरहेका छन् ।

हाल नेपालमा दुर्गम हिमाली गाउँ लाप्राकमा भूकम्प पीडितका लागि नमूना वस्ती निर्माण गरिरहेका घलेले भने-लाप्राकमा गरिरहेको कामका तुलनामा यो भवन जिर्णोद्वार निकै सजिलो काम हो, मैले खासै चिन्ता लिएको छैन् ।’

जीर्ण भएको भवन खरिद गरेर त्यसलाई पुरानै अबस्थामा फकाई होटल चलाउने घलेको योजनाबाट मेलवर्नका मेयर निकै सुखी छन् ।
‘अहिले त यो भवन निकै जीर्ण छ तर यसको इतिहास भने निकै गौरवशाली छ’ मेयर रोवर्ट डोयलले भने-‘हामीले गुमाउनै लागेका हेरिटेज बिल्डिङ खरिद गरेर तीनलाई पुरानै अबस्थामा फर्काउनमा घलेको निकै राम्रो ट्रयाक रेकर्ड छ ।’

घले पछिल्ला दिनमा होटल बिजनेसमा लगानी तीब्र पारिरहेका छन् । झण्डै १३ अर्ब रुपैयाँको लगानीमा काठमाडौमा शेराटन होटल निर्माण गरिरहेका उनले गत वर्षमात्रै बेल्जियममा एउटा बुटिक होटल खरिद गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?