+
+

हिमालय एयरलाइन्सको काठमाडौं-साउदी दैनिक सिधा उडान, दुईतर्फी भाडा ३८ हजार

अनलाइनखबर अनलाइनखबर
२०७४ साउन ३१ गते १७:१३

३१ साउन, काठमाडौं । हिमालय एयरलाइन्सले भदौ १६बाट दशैं तिहारको अवसरमा साउदीको दमाममा दैनिक सिधा उडान गर्ने घोषणा गरेको छ ।

नेपालीहरुको लागि साउदी अरब, वैदेशिक रोजगारको प्रमुख गन्तव्य हो । जहाँ करिब ५लाख नेपाली काम गरिरहेका छन् ।
दैनिक सिधा उडानले साउदीमा बस्ने नेपालीहरुको लागि आउँदै गरेको दशैं तथा दिपावलीमा घर आउन आउन सहज कम्पनीले जनाएको छ । यसबाट दमाम र काठमाडौं यात्रा गर्ने हजाराैं नेपालीहरुको समय र पैसा दुवैको वचत हुनेछ ।

दैनिक उडान संचालन गर्ने हिमालय एयरलाइन्सको विमान उडान नँम्बर एच ९५५९ त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल काठमाडौंबाट राति १०ः३० बजे मा प्रस्थान गरी किङ्गफाद अन्तर्राष्ट्रिय विमानस्थल दमाममा अर्को दिनको विहान १२ः५० मा अवतरण गर्नेछ ।

त्यसैगरी उडान नम्बर एच ९५६० किङ्गफाद अन्तर्राष्ट्रिय विमानस्थल दमामबाट विहान १ः५० बजे उडेर गरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौँमा विहान ०९ः१५ मा अवतरण हुनेछ ।

‘यात्रुहरुलाई सरल, सुलभ र सुविधाजनक हवाई सेवाप्रदान गर्न हामी उत्सुक छौ । साउदी अरव यात्रा गर्दा सामना गर्नुपरेका लामो लामो ट्रान्जिट र विभिन्न समस्याहरुलाई हाम्रो यो प्रत्यक्ष उडानले समाधान गर्नेछ’ हिमालय एयरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठ भन्छन्,’यो दैनिक सिधा उडान हामी आफ्नो यात्रुहरुको लागि महान चाँड वडा दशैं तथा दिपावलीको उपहारको रुपमा पेश गर्न चाहन्छौं ।’

उनले नयाँ सीधा गन्तव्यहरु थप्दै नेपालीलाई सधैं छिटो, सहुलियत दरमा न्यानो स्वागतका साथै हवाई सुविधा दिन तत्पर रहेको बताए । एयरलाईन्सले काठमाडाैं-दमाम-काठमाण्डौको लागि शुरुवाती टिकट दर करबाहेक एकतर्फीको २३ हजार ८ सय र दुईतर्फी ३८ हजार कायम गरेको छ ।

त्यसैगरी दमाम-काठमाडौं-दमामको शुरुवाती टिकट दर कर बाहेक एकतफीको ८५० साउदी रियाल र दुईतर्फीको १ हजार ३६० कायम गरेको छ ।

दुवै मार्गहरुमा बिजनेस क्लासको लागि ४० केजी र इकोनोमीक क्लासको लागि ३० केजी ब्यागेज अलाउन्स निःशुल्क गरिएको छ ।

हिमालय एअरलाईन्सलअसफार ट्राभल एउण्ड टुरिजमलाई साउदी अरबको लागि आधिकारिक विक्रेता तोकेको छ । उक्त ट्राभल एजेन्सीले हिमालय एयरलाइन्सको प्रतिनिधित्व गर्दै बजार विस्तार, रिजर्भेसन र टिकट सेवा लगायत सम्पूर्ण कार्य गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?