+
+

नारायणगढमा ड्युटीमा खटिएका प्रहरी माथि खुकरी प्रहार

अनलाइनखबर अनलाइनखबर
२०७४ भदौ १४ गते १७:३५

१४ भदौ, चितवन । नारायणगढको पोखरा बसपार्क नजिक ड्युटीमा खटिएका प्रहरी माथि नै खुकुरी प्रहार भएको छ । पोखरा बसपार्कबाट क्षेत्रपुर तर्फ जाने बाटोमा ड्युटीमा खटिएका प्रहरी जवान तारा पोखरेलमाथि आक्रमण भएको हो ।

बुधबार दिउँसो २ बजेर ४० मिनेटमा खुकुरी प्रहार भएको वडा प्रहरी कार्यालय नारायणगढका प्रहरी निरीक्षक निरञ्जन भट्टराईले जानकारी दिए ।

टाउकोमा चोट लागेर घाइते प्रहरी जवानको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । उनी खतरामुक्त रहेको प्रहरी जनाएको छ ।

खुकुरी प्रहार गर्ने क्षेत्रपुर बस्ने वर्ष ३० का दिलिप सुनारलाई पक्राउ समेत गरिएको प्रहरी निरीक्षक भट्टराईले जानकारी दिए । सुनार मादक पदार्थ सेवन गरी मात्तिएर आई प्रहरी जवान माथि आक्रमण गरेको उनले बताए ।

खुकुरी हान्ने सुनारलाई वडा प्रहरी कार्यालय नारायणगढमा राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?