नेपाली चलचित्र क्षेत्रमा कुनै समय चर्चित रहेका नायक राजवल्लभ कोइरालाले अमेरिकामा लगनगाँठो कसेका छन् । अमेरिकामै बस्दै आएकी प्रतिमा बिमलीसँग उनले इन्गेजमेन्ट गरेका हुन् ।
राजवल्लभ र प्रतिमाका इन्गेजमेन्टका तस्बिरहरु उनका साथीहरुले फेसबुकमा पोष्ट गर्दै वधाइ दिएका छन् । राजवल्लभले भने यो बिषयमा केही खुलाएका छैनन् ।
चलचित्र ‘पर्खी बसे’बाट नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरेका नायक कोइराला हलिउड चलचित्र ‘हाइवे टू धम्पुस’को छायांकनका क्रममा अमेरिका पुगेका थिए । त्यसपछि, उनले उतै बस्ने निर्णय गरेका थिए । झापाकी प्रतिमाको परिवार अहिले अमेरिकामै बस्दै आएको छ। केहीदिन अगाडी इन्गेजमेन्ट गरेका राज र प्रतिमाले डिसेम्बरमा बिहे गर्नेछन् ।
उनीहरुले केही समयदेखिको प्रेमसम्बन्धलार्इ परिवारको स्वीकृतिमा बिबाहमा बदल्न लागेको वुझिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4