२१ भदौ, नवलपरासी । जिल्लाको कावासोती नगरपालिकाको थकाली चोकमा घर राखेको कारमा अज्ञात समूहले आगजनी गरेको छ ।
घरमै राखेको कर्णबहादुर थापाको बा १४ च ५२३९ नम्बरको कारमा बुधबार अज्ञात समूहले पेट्रोल छर्केर आगजनी गरेको हो ।
कारलाई छोपेर राखेको कपडा जलेर पूर्ण नष्ट भएको छ भने कारमा पनि सामान्य क्षति भएको छ ।
नवलपुर प्रहरीका अनुसार आगजनी गर्नुको कारण खुलेको छैन । कसले आगो लगाएको भन्ने बारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4