कानको जाली फाट्नाले सुन्ने क्षमता कमजोर हुन्छ । कानमा पीडा हुन्छ । सानोतिनो असावधानीमा पनि कानमा संक्रमण हुने भय हुन्छ ।
कानको झिल्ली एवं जाली च्यातिनुको केहि कारण हुन्छन् । जस्तो यसमा संक्रमण हुँदा । कानमा दबाव, चोट लाग्ने जस्ता कारणले पनि कानको जाली फाट्छ ।
किन सुन्ने क्षमता कमजोर हुन्छ ?
आवाज जब कानमा प्रवेश गर्छ, तब कानको पर्दामा कम्पन हुन्छ । यो कम्पनले मस्तिष्कमा संकेत दिन्छ । तर, कानको पर्दामा प्वाल पर्यो भने यसको असर सुन्ने क्षमतामा पर्छ । पर्दामा प्वाल परेपछि सुन्ने क्षमता कमजोर हुन्छ ।
किन प्वाल पर्छ ?
कानमा संक्रमण हुँदा कानमा प्वाल पर्ने भय हुन्छ । अक्सर यस्तो अवस्था बच्चामा देखिन्छ । इन्फेक्सन हुँदा पर्दाको पछि तरल एकत्रित हुन थाल्छ, त्यसैको दबावको कारण पर्दामा प्वाल पर्छ ।
दबावमा परिवर्तनको कारण
कानको भित्री र बाहिरी दबावमा एक दममा परिवर्तन हुँदा पनि पर्दामा प्वाल पर्न सक्छ । यसको पनि केहि कारण हुन्छ ।
– हवाई यात्रा
– पहाडको अधिक उचाईमा जाँदा
– उच्च ध्वनी तरंगको कारण
– लडाई-झगडाको कारण कानमा चोट लाग्दा
– कानमा थप्पड
– खेलकुदमा चोट
– कानको केस झर्दा
– तीखो चिज कानमा हाल्दा
कानमा प्वाल भएको लक्षण
कानको पर्दा फाटेको मूख्य लक्षण त्यसमा दुखाई हुनु नै हो । दुखाई कम वा बढी हुनसक्छ । यसका साथै कानको तरल पदार्थ बाहिर आउँछ । रगत समेत आउन सक्छ । रुँघाको बेला पनि कानमा प्वाल पर्न सक्छ ।
सुन्ने क्षमता कम हुनु, चक्कर आउनु, कानमा हावा चलेको महसुष हुनु आदि यसको लक्षण हुन् ।
के छ उपचार ?
कानको जालीमा भएको प्वालको उपचार त्यसको दुखाई कम गर्न र भविष्यमा इन्फेक्सन नहोस् भनेर गरिन्छ । यसको चिकित्सकिय उपचार निम्न छन् ।
– यदि कानको फाटेको पर्दा स्वतः ठीक भएन भने त्यसमा एक प्रकारको प्याच लगाइदिन्छ । त्यसैको साहाराले झिल्ली बढेर आपसमा मिल्छ ।
– एन्टिबायोटिक इयर ड्रप्स र औषधीले पनि कानको पर्दामा हुने इन्फेक्सनको खतरा रोकिन्छ ।
– शल्यक्रियाद्वारा पनि झिल्ली जोड्ने काम गरिन्छ ।
कानको पर्दा बिना उपवचार केहि हप्तामा ठीक हुनसक्छ । यदी सर्जरी गरिएको छ भने पूर्ण रुपले ठीक हुनका लागि हप्तौ लाग्न सक्छ ।
कानको जालीमा प्वाल पर्नबाट कसरी बच्ने ?
– कानलाई सुख्खा राख्ने प्रयास गरौ । ओसिलो राख्दा इन्फेक्सन हुने भय हुन्छ ।
– नुहाउनुअघि कानमा कपास लगाउनुपर्छ ।
– कानको जालीमा प्वाल छ भने पौडिने कुरामा पहरेज गर्नुपर्छ ।
– रुँघा लागेको बेला हवाइजहाजमा यात्रा नगरौ ।
– कान सफा गर्नका लागि तिखो चिज प्रयोग नगरौ ।
– अधिक एवं चर्को ध्वानीबाट बचौ ।
कानको पर्दा सजिलै फाट्न सक्छ ,त्यसैले यसको विशेष ध्यान दिनुपर्छ ।
प्रतिक्रिया 4