+
+

प्रमुख निर्वाचन आयुक्तले मतदान गर्ने केन्द्रको बेहाल

अनलाइनखबर अनलाइनखबर
२०७४ भदौ २९ गते १८:५५

२९ भदौ, सप्तरी । प्रदेश २ मा सोमबार हुने मतदानको लगभग तयारी पुरा भएको निर्वाचन आयोगले जनाएको छ । यो पटक प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादव आफैं मतदाता छन् ।

सप्तरीका यादवले सदरमुकाम राजविराजबाट मतदान गर्नेछन् । राजविराज वडा नम्बर २ निवासी उनी राजदेवी चोकमा रहेको राप्रावि मतदान केन्द्रबाट मतदान गर्नेछन् । यो मतदान केन्द्रबाट २ हजार १ सय ७७ जना मतदाताले मदतान गर्नेछन् ।

अन्य सबै मतदाताले मतदान गर्नेछन् निर्वाचनका दिन, डा. यादवले पनि गर्नेछन्, त्यो ठूलो कुरा होइन् । तर प्रमुख निर्वाचन आयुक्तले मदतदान गर्ने मतदानस्थलको अवस्था कस्तो छ त ?

मतदान केन्द्र बनाइएको यो विद्यालयको प्राङ्गणमा अहिले पनि करिब डेढ फिटसम्म पानी जमेको छ । विद्यालय प्राङ्गणमा खाल्डो छ, जसमा जमेको पानी हालसम्म फालिएको छैन ।

‘विद्यालयमा जमेको पानीबारे शिक्षा कार्यालयलाई जानकारी गराइसकेका छौं’ प्रधानाध्यापिका सुचिता दासले भनिन्, ‘जमेको पानी बाहिर निकाल्नलाई सम्बन्धित निकायले पनि कुनै किसिमको चासो लिएको छैन ।’

साउन अन्तिममा आएको बाढीपछि यस क्षेत्रका बाढीपीडित करिब एक सातासम्म यसै विद्यालयमा शरण लिएका थिए ।

यो विद्यालय मात्रै होइन खडग नगरपालिकाको तीन वटा मतदान केन्द्रमा पुग्न अझै बाटो बनेको छैन । बाढीले भत्काएको बाटो मर्मत सम्भार गर्न कसैले ध्यान नदिएको स्थानीयहरुले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?