२ असोज, कपिलवस्तु । कपिलवस्तु प्रहरीले सिमानाका कृष्णनगरबाट ६ लाख भारतीय रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका ३ का ३० वर्षीय सलिम मियाँ रहेको कपिलवस्तुको इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरीक्षक सुभाष गैरेले जानकारी दिए ।
उनका अनुसार पक्राउ परेका मियाँले २ हजार दरका १०० थान २ लाख र ५०० दरका ८०० थान ४ लाख गरी कुल ६ लाख भारतीय रुपैयाँ झोलामा लुकाई छिपाई नेपाल ल्याउने क्रममा उनलाई पक्राउ गरिएको हो ।
बरामद गरिएको रकमसहित पक्राउ गरिएका मियाँलाई आवश्यक कारवाहीका लागि राजश्व अनुसन्धान विभाग काठमाडौंमा पठाइएको प्रहरीले जनाएको छ ।
विगत केही समयदेखि कपिलवस्तुमा भारतीय रुपैयाँको अबैध कारोबार बढेको सुराकीको आधारमा प्रहरीले अनुसन्धान अगाडि बढाएको जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4