+
+

बाबुराम आफ्नै प्रवृतिले वाम गठवन्धनमा टिक्नु भएनः नारायणकाजी

अनलाइनखबर अनलाइनखबर
२०७४ कात्तिक ६ गते १३:५०

६ कात्तिक, गोरखा। माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले बाबुराम भट्टराई आफ्नै प्रवृतिका कारण वाम गठवन्धनबाट बाहिरिएको बताएका छन् ।

भट्टराईले सोमबार नै गोरखामा पत्रकार सम्मेलन गरी एमाले र माओवादीले सत्ताको लोभ देखाएकाले आफू गठवन्धनबाट बाहिरिएको बताएका छन् ।

गोरखामा सोमबार नै श्रेष्ठले पत्रकार सम्मेलन गरी भने, ‘उहाँ (बाबुराम)ले माओवादी पार्टीमा धेरै समय रहेर ठूलो भूमिका खेल्नुभयो, त्यसपछि नयाँ शक्ति बनाउनुभयो, उपेन्द्र यादवको पार्टीसँग तालमेल गर्नुभयो, हुँदाहुँदा मसालसम्म पनि पुग्नुभयो, पहिले वाम गठवन्धन अहिले फेरि कांग्रेससँग तालमेल गर्नुभएको छ, उहाँको प्रवृति यहीँबाट प्रष्ट हुन्छ ।’

‘नारायणकाजीले गर्दा बाबुराम गठवन्धनबाट बाहिरिएको आरोप छ नि,’ भन्ने पत्रकारको प्रश्नमा श्रेष्ठले आफूले नभइ भट्टराई आफ्नै प्रवृत्तिका कारण गठवन्धनमा टिक्न नसकेको बताए ।

अवबको समयमा बहुमतको स्थिर सरकार आवश्यक रहेकाले सुदृढ र सशक्त संगठन भएको गठवन्धनले मात्र आवश्यकता पूरा गर्न सक्ने दावी गर्दै श्रेष्ठले भट्टराईको गठवन्धनबाट यो सम्भव नभएको तर्क गरे ।

अहिलेको वामगठवन्धन चुनाव पश्चात पार्टी एकीकरण तर्फ जाने उनले बताए ।

यो पनि पढ्नुहोस् 

एमाले-माओवादीले सत्ताको लोभ गरेपछि गठवन्धनबाट बाहिरिएँः डा. भट्टराई

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?