१३ कात्तिक, सन्धिखर्क । पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीले अर्घाखाँचीमा अर्घा भगवती विमानस्थल शिलान्यास गरेको सोमबार १६ महिना पूरा भयो । तर, अझैसम्म विमानस्थल निर्माणको काम सुरु भएको छैन ।
धुमधाम पूजाआजासहित गत वर्ष असार १३ गते विमानस्थल शिलान्यास गर्दा रायमाझीले दाबी गरेका थिए– एक वर्षभित्रमा आधारभूत रूपमा हवाइजहाज उड्नेछ । तर, अहिलेसम्म काम सुरु नहुँदा जिल्लाबासी निराश बनेका छन् ।
स्थानीयबासीले रायमाझीलाई प्रश्न गर्न थालेका छन्– टोपबहादुरज्यू कहिले बन्छ विमानस्थल ?
विमानस्थलको काम सुरु हुन नसक्दा विमानस्थल बन्ला र घर नजिकैबाट हवाई यात्रा गर्न पाइएला भन्ने आशामा रहेका स्थानीयको सपना अहिलेलाई केवल सपनामा मात्रै सीमित भएको छ ।
स्थानीयबासी अहिले सन्धिखर्कबाट रुपन्देहीको भैरहवा गएर हवाई यात्रा गरिरहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4