+
+

अाचारसंहिता उल्लंघन गर्ने उम्मेदवारलार्इ चेतावनी

रासस रासस
२०७४ मंसिर १ गते १६:२६

१ मंसिर, रसुवा  । निर्वाचन आचारसंहिता उल्लंघनका क्रियाकलाप गर्ने राजनीतिक दलका उम्मेदवारलाई मुख्य चिर्वाचन अधिकृतको कार्यालयले शुक्रबार सचेत गराएको छ ।

उक्त कार्यालयका अनुसार केन्द्र र जिल्लास्तरको संयुक्त अनुगमन टोलीले दक्षिणी रसुवाका केही स्थानमा प्रचारप्रसारका क्रममा उम्मेदवारले विद्यालय एवं विद्यार्थी प्रयोग गरेको, सवारी साधन मापदण्डभन्दा बढी सञ्चालन गरेको, ब्यानरको आकार ठूलो राखेको, विद्यालयका शिक्षक दलगतरुपमा झण्डा बोक्ने गरेको देखिएपछि आचारसंहिता पूर्णरुपमा पालन गरी/गराई अगाडि बढ्न सचेत गराइएको हो ।

दलका झण्डा बोक्ने शिक्षक, तथा विद्यालयको नाम पत्ता लगाउन जनशक्ति परिचालनसमेत गरिएको छ । शिक्षकले दलगतरुपमा झण्डा बोकेको पाइएमा कारबाही गरिने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?