४ मंसिर, कैलाली । चुनाव बिरोधी गतिबिधि सञ्चालन गरेको भन्दै प्रकाउ परेका नेत्रविक्रम चन्द विप्लवका पाँच जना कार्यकतालाई जिल्ला प्रहरी कार्यालय कैलालीले सार्वजनिक मुद्दा चलाएको छ ।
प्रदेश र प्रतिनिधिसभा चुनावका उम्मेदवारलाई लक्षित गर्दै चुनावी प्रचारप्रसारमा अबरोध गरेपछि विप्लव नेतृत्वका कैलाली जिल्ला इन्चार्जसहित पाँच जना कार्यकर्ता पक्राउ परेका थिए ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक विनोद घिमिरले नेकपाका जिल्ला इन्चार्ज रामबहादुर चौधरी सहित पाँच जना कार्यकर्तालाई सार्वजनिक मुद्दा चलाएको बताए ।
उनले निर्वाचन बिरोधी गतिविधि सञ्चालन गर्ने जुन सुकै समूहलाई समेत नियन्त्रणमा लिइने बताए ।
प्रहरीले कैलालीको टीकापुर क्षेत्रबाट तपेन्द्र रसाईली, मीन गिरी र कैलारी गाउँपालिकाको हसुलिया क्षेत्रबाट जिल्ला इन्चार्ज रामबहादुर चौधरी र प्रकाश मल्ललाई पक्राउ गरिएको थियो ।
यस्तै बझाङ्ग जिल्ला कार्यसमितिका सदस्य समेत रहेका नेत्रबिक्रम चन्द विप्लव समूहका देवराज कठायतलाई समेत पक्राउ गरी सार्वजनिक मुद्दा चलाएको छ ।
प्रतिक्रिया 4