+

बेल, बेञ्जिमा र रोनाल्डो एकसाथ खेलेको हेर्न चाहन्छुः जिदाने

२०७४ मंसिर  ११ गते १९:५२ २०७४ मंसिर ११ गते १९:५२
बेल, बेञ्जिमा र रोनाल्डो एकसाथ खेलेको हेर्न चाहन्छुः जिदाने

११ मंसिर, काठमाडौं । रियल मड्रिडका प्रशिक्षक जिनेदिन जिदानेले ग्यारेथ बेल चोटमुक्त हुँदै मैदान फर्किएपछि टोलीको अग्रपंक्तिमा रोनाल्डे, बेञ्जिमा र बेल अर्थात बीबीसीलाई पुनः एकबद्ध गरिने बताएका छन् ।

करिम बेञ्जिमा र क्रिष्टियानो रोनाल्डोले नयाँ सिजनमा गतिलो लय हासिल गर्न सकिरहेका छैनन् । तर रियलका प्रशिक्षकले यो मानेका छन् कि बेलको पुनरागमनले टोलीका मुख्य स्ट्राइकर रोनाल्डोलाई आफ्नो लय समाउन सजिलो हुनेछ ।

जिदानेले पत्रकारहरुसँग कुरा गर्दै भने, ‘हामीले पछिल्ला १२/१३ खेलमा यी तीनैजनाले सँगै खेलेको देख्न पाएका छैनौं ।’

‘तर, म यी तीनैजना रोनाल्डो, बेल र बेञ्जिमालाई सँगै खेलेको हेर्न चाहन्छु किनभने लामो समयदेखि यो सम्भव भएको छैन ।’

‘बेल भोलिदेखि हामीसँग हुनेछन्, म यो भन्न सक्दिन कि उनले फुनलाब्रादासँगको खेल सक्नेछन् तर, मेरो शतप्रतिशत प्रयास यो रहने छ कि यी तीनै स्ट्राइकरलाई सँगै खेलाउँ ।’

ला लिगा अन्तर्गत हिजो सम्पन्न भ्यालेन्सिया र बार्सिलोनाबीचको खेलमा भएको विवादास्पद गोलबारे प्रतिक्रिया दिँदै जिदानेले पुनः गोललाइन टेक्नोलोजीको वकालत गरेका छन् ।

‘यो (गोललाइन टेक्नोलोजी) कार्यान्वयनमा आउनेछ भन्ने अपेक्षा छ, यसले फुटबलको प्रणालीमा सुधार ल्याउनेछ र फुटबलमा अझै सुधार ल्याउन सहयोग गर्नेछ ।’

‘म त्यो विवादका बारेमा बोल्न चाहन्न । म आफ्नो टोलीमाथि केन्द्रीत छु र अरुजस्तो अरुको आलोचनामा धेरै समय खर्चिने स्वभाव मेरो छैन ।’

रियल मडि्रडले जनवरी ट्रान्सफरमा केहि खेलाडी किनबेच गर्न लागेको समाचारहरु सार्वजनिक भइरहेका बेला जिदानेले त्यसको सम्भावना रहेको प्रष्ट पारे ।

‘यस्तो हुनसक्छ’ जिदानेले जोड दिँदै भने, ‘म मेरो टिमसँग धेरै खुसी छु र म टिमबाट कसैलाई पछि गुमाउन चाहन्न ।’

लेखक
मार्काको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय