+

लिग वानमा पीएसजीको पहिलो हार

२०७४ मंसिर  १७ गते ९:५७ २०७४ मंसिर १७ गते ९:५७
लिग वानमा पीएसजीको पहिलो हार

१७ मंसिर, काठमाडौं । पेरिस सेन्ट जर्मेनले लिग वानमा सिजनको पहिलो हार व्यहोरेको छ । शनिबार राति भएको खेलमा स्ट्रासबर्गले लिग लिडर पीएसजीलाई २-१ ले हराएको हो ।

घरेलु मैदानमा भएको खेलमा स्ट्रासबर्गले १३ औं मिनेटमा नुना डा कोस्टाको गोलबाट अग्रता लिएको थियो । तर, ४२ औं मिनेटमा एमबापेले बराबरी गोल गरे ।

६५ औं मिनेटमा स्टफेन बाहोकेनले गोल गर्दै घरेलु टोलीलाई २-१ गोलको जित दिलाए ।

हारपछि पनि पीएसजी लिगको दोस्रो स्थानमा रहेको मोनाकोभन्दा ९ अंक अगाडि छ ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय