+
+

मतदानपछि कृष्ण सिटौलाले भने– अब जनता मालिक हुनेछन्

अनलाइनखबर अनलाइनखबर
२०७४ मंसिर २१ गते ९:५६

२१ मंसिर, झापा । नेपाली कांग्रेसका पूर्व महामन्त्री तथा झापा क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार कृष्णप्रसाद सिटौलाले यो निर्वाचनबाट जनता मालिक बन्ने बताएका छन् ।

निर्वाचन हुँदैन भनेर हल्ला फैलाउनेहरु असफल बनेको भन्दै उनले जनता मालिक बन्न यो निर्वाचन महत्वपूर्ण रहेको बताएका हुन् ।

भद्रपुर १० स्थित कलवलगुरी आधारभूत विद्यालय मतदान स्थलबाट मतदान गरेपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले भने, ‘नेपालको राजनीतिमा पहिलो पटक नेपाली जनता सार्वभौम भएर संघीय लोकतान्त्रिक गणतन्त्र कार्यान्वयनमा लाने निर्वाचनमा भाग लिन पाएका छन् । संघीयता, बहुलवाद र गणतन्त्र संस्थागत हुने यस निर्वाचनले परिवर्तनका पक्षधरलाई अनुमोदन गरी देशलाई सम्बृद्धि तर्फ लाने विश्वास छ ।’

परिवर्तन विरोधीहरु आफैं पाखा लाग्ने जनाउँदै नेता सिटौलाले गणतन्त्र कार्यान्वयन हुने उल्लेख गरे । परिवर्तनको पक्षमा जनता रहेको तर्क गर्दै उनले आफ्नो पक्षमा परिणाम राम्रो आउने विश्वास व्यक्त गरेका छन् ।

झापा क्षेत्र नं. ३ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार बनेका सिटौला बाम गठबन्धनबाट राप्रपाका उम्मेदवार राजेन्द्र लिङ्देनसँग प्रतिष्पर्धा गर्दैछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?