+
+

काठमाडौं ४ मा कडा टक्कर, कहिले गगन कहिले राजन अघि

अनलाइनखबर अनलाइनखबर
२०७४ मंसिर २२ गते १९:४८

२२ मंसिर, काठमाडौं । काठमाडौं क्षेत्र नं. ४ मा प्रतिनिधिसभा सदस्यका दुई उम्मेदवारबीच कडा टक्कर भइरहेको छ ।

हरेक घण्टा नयाँ अपडेट आउँदा कहिले कांग्रेस उम्मेदवार गगन थापा अघि त केही एमाले उम्मेदवार राजन भट्टराईले अग्रता कायम गरिरहेका छन् ।

पहिलो अपडेट सार्वजनिक हुँदा राजन अघि थिए भने दोस्रो अपडेटमा गगन अघि आए । तेस्रो पटक मतपरिणाम सार्वजनिक हुँदा राजन अघि थिए ।

अहिले फेरि गगन थापा अगाडि आएका छन् । थापाले ६ हजार ४ सय ५१ मत ल्याएका छन् । राजनले ६ हजार ३ सय ७७ मत ल्याउँदै थापालाई पछ्याइरहेका छन् ।

अहिलेसम्म काठमाडौं ४ को १३ हजार ७ सय ३१ मत गणना भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?