+
+

जुम्ला प्रदेश’क’मा मुख्यमन्त्रीका दावेदार माओवादीका नरेश भण्डारी विजयी

अनलाइनखबर अनलाइनखबर
२०७४ मंसिर २२ गते २०:५३

२२ मंसिर, काठमाडौं । जुम्लाको प्रदेशसभा ‘क’मा वाम गठबन्धनबाट माओवादी केन्द्रका नरेश भण्डारी विजयी भएका छन् ।

भण्डारीले कांग्रेसका राजुसिंह कठायतलाई चार हजार ३७ मतको फराकिलो अन्तरले पराजित गर्दै विजयी भएका हुन् ।

भण्डारीले १२ हजार ५७४ मत प्राप्त गरे भने कांग्रेसका कठायतले ८ हजार ५३७ मत ल्याएका छन् ।

विजयी भएका भण्डारी प्रदेश ६ का मुख्यमन्त्रीका दावेदार समेत हुन् । माओवादीको बुद्धिजीवी संगठनका केन्द्रीय अध्यक्षसमेत रहेका भण्डारी कर्णालीका चर्चित नेता हुन् ।

जुम्लाको प्रदेश (ख) मा पनि वाम गठबन्धनबाट एमालेका पदमबहादुर रोकाय विजयी भइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?