+
+

५७ हजार भोट पाउँदा पनि ओली असन्तुष्ट ?

अनलाइनखबर अनलाइनखबर
२०७४ मंसिर २६ गते १३:२८

२६ मंसिर, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सर्वाधिक मतका साथ प्रतिनिधिसभा सदस्यमा विजयी बने । उनी अहिले विजयी सभामा व्यस्त छन् ।

तर, सभाहरुमा उनले मतदातालाई धन्यवाद मात्र दिएनन्, अपेक्षा अनुसार भोट नआएको गुनासो गरे । गौरादहमा आयोजित सभामा उनले भने, ‘यस ठाउँमा जस्तो भोट आउनुपथ्र्यो, त्यस्तो नआएको देखियो । यतिबेला पनि एमालेको पक्षमा भोट नआउनु, केपी ओलीलाई भोट नदिनु भनेको अचम्मको कुरा हो ।’

मतगणनालाई आफूले नजिकबाट हेरेको भन्दै उनले भने, यहाँका निकै धेरै मानिसहरुले केपी ओलीलाई भोट नदिएको देखियो । अचम्म लाग्यो अझै पनि केपी ओलीले पाउँछ भने त्यहाँ छाप नलगाएर रुख, ठूटा, बुट्टा खोजेर छाप लगाएको देखियो ।’

जसलाई भोट दिएपनि चुनावको प्रक्रियामा सहभागी भएकोमा भने उनले धन्यवाद दिए ।

गौरिगञ्जमा आयोजित विजय सभामा पनि ओलीले अपेक्षा अनुसार भोट नआएको गुनासो गरे । यो क्षेत्रबाट आफूले चौथाई मात्र भोट पाएको भन्दै उनले भने, अरुको २३ सय आउँदा मेरो ५/६ आयो । देशमा एउटा लहर आउने, यही ठाउँमा अन्तअन्त भोट जानु भनेको जनताले नबुझेको हो । गल्ती नै गरेको हो ।’

यद्यपि यसले केही फरक नपरेको र सर्वाधिक भोट ल्याउन त्यो मतले पनि काम गरेको उनले बताए ।

आफूलाई छाडेर अरुलाई भोट दिनुमा कार्यकर्ताको कमजोरी देखिएको भन्दै एमाले अध्यक्ष ओलीले अघि भने, ‘जनताका बीचमा जानुस्, सही कुरा बताउँनुस् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?