६ पुस, काठमाडौं । नेपालकै पहिलो खाना डेलिभरी कम्पनी फुडमाण्डुले फुडमाण्ड अनलाइन फुड फेस्टिबल आयोजना गर्न लागेको छ ।
खुकुरी रमको प्रायोजन र समर्सबीको सहप्रायोजनमा आयोजना गर्न लागिएकेा फुड फेस्टिबल यहि डिसेम्बर २२ देखि जनवरी ५ सम्म संचालन हुन लागिरहेको छ । यस फेस्टिबलमा ३३ वटा रेष्टुेन्टहरु सहभागी हुन लागेका छन् ।
फेस्टिबलको अवधिभर फुडमाण्डुको खाना मगाउनेले एक बोटल कोका कोला सित्तैमा पाउने कम्पनीले जनाएको छ । साथै हरेक दिन ५० जना ग्राहकहरु छानेर समर्सबी सित्तैमा दिन लागिएको छ ।
त्यस्तै हजार भन्दा बढीको खाना अर्डर गर्नेले २ वटा कफीको कुपन पनि प्राप्त गर्नेछ । यो अवधि भर खाना अर्डर गर्नेलाई डेलिभरी शूल्क नलाग्ने फुडमाण्डुका सिइओ मनोहर अधिकारीले जानकारी दिएका छन् ।
साथै हरेक दिन सबभन्दा बढी मूल्यको खाना अर्डर गर्ने एक जना ग्राहक र उत्सव भरि सब भन्दा बढी मूल्यको साथै सबै भन्दा वढी पटक अर्डर गर्ने एक एक जना ग्राहकहरुले आकर्षक उपहार प्राप्त गर्ने अधिकारी बताउँछन् ।
यसका साथै अनलाईन खेल खेलेर खानाको छुट भौचर, फेसबुक प्रतियोगितामा विभिन्न उपहारहरु जित्न सकिनेछ । यो फेस्टिबलमा भाग लिन चाहनेले सम्पुर्ण जानकारी www.foodmandu.com/foodfest र http://www.foodmandu.com/foodfest बाट पनि प्राप्त गर्न सक्छन् ।
प्रतिक्रिया 4