११ पुस, काठमाडौं । गुजरात विधानसभा चुनावमा ९९ सिट जितेको भारतीय जनता पार्टीले राज्यमा लगातार छैटौं पटक सरकार बनाएको छ ।
विजय रुपाणीले मुख्यमन्त्री र नितिन पटेलले उपमुख्यमन्त्रीको सपथ लिएका छन् । दुई पटक गुजरात भाजपाको अध्यक्ष भइसकेका आरसी फलदू, भुपेन्द्र सिंह चुडासमा, कौशिक, जमनादास पटेल लगायत मन्त्री बनेका छन् ।
सपथ ग्रहणमा सहभागी हुने भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र भाजपा अध्यक्ष अमित शाह गान्धीनगर पुगेका थिए । सपथ ग्रहण समारोहमा तीन मञ्च बनाइएको थियो, जसमध्ये एकमा साथुहरु मात्र थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4