+
+

कमजोर कम्पनीको आइपीओ किन्दा बुझेर किन्न लागेको घोषणा गर्नुपर्ने

अनलाइनखबर अनलाइनखबर
२०७४ पुष १६ गते १८:११

१६ पुस, काठमाडौं । अब वित्तीय अवस्था सन्तोष जनक नदेखिएका कम्पनीले आइपीओ निकाल्दा सर्वसाधारण लगानीकर्ताले आवेदन दिंदा अनिवार्य रुपमा उक्त निष्काशनको लागि तयार गरेको विवरणपत्र पढेर आफ्नो स्वविवेकले दरखास्त दिएको हो भन्ने उद्घोषण गर्नुपर्ने भएको छ । यस्तो उद्घोषण बिक्री प्रबन्धक कम्पनी र आस्वा सदस्यहरु समक्ष गर्नुपर्ने छ ।

धितोपत्र बोर्डले यससँगै कम्जोर कम्पनीले सेयर निष्कासन गर्दा थप प्रावधानहरु पुरा गर्नुपर्ने नियम ल्याएको छ । प्रति सेयर अंकित मूल्यभन्दा प्रति सेयर खुद सम्पत्ति कम भएका र सबैभन्दा न्यून रेटिङ प्राप्त गरेका कम्पनीहरुले नयाँ शर्त पुरा गर्नु पर्ने भएको हो ।

सञ्चालन अवधि तीनवर्ष व्यतित भैसकेको अवस्थामा विगत तीन वर्षको र तीनवर्ष व्यतीत भैनसकेको अवस्थामा सञ्चालन अवधिभरको लेखापरीक्षण भएको वित्तीय विवरण बमोजिम प्रति सेयर खुद सम्पत्ति, प्रति सेयर आम्दानी आवहान पत्रमा स्पष्ट देखिने गरि प्रकाशित गर्नुपर्नेछ ।
जलविद्युत आयोजनाहरुले प्रति मेगावाट लागत, विद्युत उत्पादन अनुमतिको बाँकी अवधि, लगानीफिर्ता हुने अवधि पनि उल्लेख गर्नुपर्नेछ । कम्पनीहरुले प्राप्त गरेको क्रेडिट रेटिङको ग्रेड उल्लेख गर्ने र सबैभन्दा कम ग्रेड पाएको भएमा आह्वानपत्र लगायत अन्य सूचनाहरुमा स्पष्ट देखिने गरी ठूलो अक्षरमा उल्लेख गर्नुपर्ने ।

निष्काशनकर्ता संस्थाको लेखापरीक्षकले प्रक्षेपित वित्तीय विवरण ठिक रहेको भनी स्पष्ट रुपमा प्रमाणित गर्नुपर्ने, संगठित संस्थाले विवरणपत्रमा प्रक्षेपण गरेको विवरणहरु तथा वास्तविक विवरण तुलनात्मक रुपमा बार्षिक प्रतिवेदनमा तालिकामा प्रस्तुत गर्नुपर्ने छ । साथै प्रक्षेपित विवरणभन्दा वास्तविक विवरण फरक पर्न गएमा सोको कारण खुलाई आफ्नो बार्षिक प्रतिवेदनमा प्रक्षेपित अवधिसम्म प्रत्येक बर्ष प्रस्तुत गर्नुपर्ने पनि भएको छ ।

धितोपत्रको सार्वजनिक निष्काशनका लागि तयार गरिने विवरणपत्र निष्काशनकर्ता कम्पनीको वेभसाइटमा कम्तिमा वित्तीय विवरण प्रक्षेपण गरिएको अवधिसम्म अनिवार्य रुपमा राख्नुपर्ने भएको छ ।

निष्काशन तथा विक्री प्रबन्धकको वेभसाइटमा भने धितोपत्रको बाँडफाँट नभएसम्म राख्नुपर्ने र आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाको अनलाइन आवेदन गर्ने स्थानमा विवरणपत्रको लिङ्क निष्काशन अवधि भरी राख्नुपर्ने भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?