+
+

तीनकुनेमा भ्यानले मोटरसाइकललाई ठक्कर दियो, दुई घाइते

अनलाइनखबर अनलाइनखबर
२०७४ पुष २४ गते १२:००

२४ पुस, काठमाडौं । काठमाडौंको तीनकुने–नयाँ बानेश्वर खडकखण्डमा कान्तिपुर पब्लिकेसनको भ्यानले मोटरसाइकललाई ठक्कर दिँदा दुई जना घाइते भएका छन् ।

घाइते हुनेमा मोटरसाइकल चालक काठमाडौंको पिपलबोट बस्ने ३१ वर्षीय शैलेश तामाङ र पछाडि सवार २६ वर्षीय हिरालाल तामाङ छन् ।

उनीहरु सवार मोटरसाइकललाई आइतबार साँझ कोटेश्वरबाट बानेश्वरतर्फ आइरहेको बा ७६ प ३२० नम्बरको मोटरसाइकललाई बा १० च ५३०७ नम्बरको कान्तिपुरको भ्यानले ठक्कर दिएको प्रहरी वृत्त, बानेश्वरले जनाएको छ ।

घाइते मध्ये सवारी चालकको कान्तिपुर अस्पतालमा उपचार भइरहेको छ भने पछाडि सवार हिरालाललाई भने थप उपचारका लागि कान्तिपुरबाट बिएण्डबी हस्पिटलतर्फ रेफर गरिएको छ ।

भ्यान र चालक प्रहरीको नियन्त्रणमा छन् भने थप अनुसन्धान भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?