२४ पुस, काठमाडौं । संरक्षित पंक्षी हुचीलको बिक्री वितरणमा संलग्न तीन जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा दोलखा तामाकोशी गाउँपालिका–७ घर भइ ललितपुर ईमाडोल बस्दै आएका २४ वर्षीय जेबी राईसहित ३ जना छन् । अन्य दुई जनाको नाम भने प्रहरीले खुलाएको छैन ।
महानगरीय प्रहरी कार्यालय रानीपोखरी र प्रहरी बृत्त बौद्धबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई काठमाडौ–६ बौद्ध गेटबाट पक्राउ गरेको हो ।
उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4