+
+

बीओकेको बिराटचोक र इमाडोलमा दुई शाखा

अनलाइनखबर अनलाइनखबर
२०७४ पुष २६ गते १८:४७


२६ पुस, काठमाडौं । बैंक अफ काठमाण्डुले बिराटचोक तथा इमाडोलमा शाखा कार्यालय सञ्चालनमा ल्याएको छ ।

विराटचोक शाखाको बैंकका संचालक प्रा.डा. हेमराज सुबेदी, मध्यप्रदेश सभाका राजकुमार ओझा तथा उद्योग वाणिज्य संघ सुन्दर हरैचाका अध्यक्ष नवराज चापागाईको उपस्थितमा उद्घाटन गरिएको हो ।

इमाडोल शाखा कार्यालयको बैंकका संचालक संजय बहादुर शाह र महालक्ष्मी नगरपालिका वडा नं. १ का वडा अध्यक्ष नन्द कुमार न्यौपानेको उपस्थितमा गरिएको हो । यी शाखा कार्यालयबाट सम्पूर्ण बैंकिङ सुविधाहरु प्राप्त गर्न सकिने बैंकले जानकारी गराएको छ ।

चालु आवको पहिलो त्रैमासमा बैंकले रु.६९ अर्ब १५ करोड कुल निक्षेप परिचालन गरी रु. ६२ अर्ब ३३ करोड कुल कर्जा प्रवाह गरेको छ । हाल बैंकले ७५ शाखा, ६७ एटिएम, ८ वटा एक्टेन्सन् काउण्टर तथा १७ शाखा रहित बिन्दुहरुबाट आफ्नो ग्राहक वर्गलाई सम्पूर्ण बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?