३ माघ, झापा । श्रीमतीकाे हत्या गरी फरार रहेका व्यक्ति चार वर्षपछि पक्राउ परेका छन् । पक्राउ पर्नेमा झापाको राजगढका ३३ वर्षीय अजय भन्ने कमलसिंह राजवंशी छन् ।
राजवंशीले ५ असोज ०७० मा साबिक शनिश्चरे गाविस ५ र ६ को सिमानामा श्रीमती गंगा राजवंशीलाई कुटपिट गरी घाँटी थिचेर हत्या गरेका थिए । उनलार्इ प्रहरीले बुधबार महेशपुरमा लुकीछिपी बसेको अवस्थामा पक्राउ गरेकाे थियाे ।
उनीमाथि थप अनुसन्धान थालिएकाे जिल्ला प्रहरी कार्यालय, झापाले जनाएकाे छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4