७ माघ, काठमाडौं । अर्थराज्यमन्त्री उदयशमशेर राणाले व्यवसायी अजेयराज सुमार्गीको सम्पत्तिबारे भइरहेको छानबिन दोस्रो चरणमा पुगेको बताएका छन् ।
विदेशबाट ल्याएको रकमबारे नेपालमा मात्रै अनुसन्धान गरेर सबै कुरा पत्ता लगाउन नसकिएको उनले बताए ।
आइतबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै मन्त्री राणाले भने, ‘विदेशी संस्था र बैकसँग पनि समन्वय गर्नुपर्छ । प्रि-इन्भेष्टिगेशन सकिएको छ । अब इन्भेष्टिगेशनमा जाने प्रक्रियामा छौं ।’
उनले अघि भने, ‘सरकारको तर्फबाट आधिकारिक दृष्टिकोण सार्वजनिक गरेको छु, छानबिन दोस्रो चरणमा पुगेको छ ।’
सुमार्गीमाथि स्रोत नखुलेको अरबौं रकम नेपाल ल्याएको र अझै भित्र्याउन प्रयासमा रहेको आरोप लाग्दै आएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4