११ माघ, बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिका जानकी नगरमा ट्रिप्परको ठक्करबाट एक जनाको मृत्यु भएको । जेब्राक्रसबाट बाटो काट्दै गरेकी तिलोत्तमा २ की ८९ वर्षीय बिष्णुकुमारी भट्टराईको बिहीबार बिहान मृत्यु भएको हो ।
प्रहरीका अनुसार जेब्राक्रसबाट रोड पार गर्दै गरेकी पैदलयात्रीलाई लु १ ख ९८३८ नम्बरको ट्रिप्परले ठक्कर दिएको हो ।
जेब्राक्रसमै पैदलयात्रीको ज्यान गएपछि जानकी नगर तनावग्रस्त बनेको छ । स्थानीयले ठक्कर दिने ट्रिप्पर जलाइदिएका छन् भने अन्य ३ वटा ट्रिपरमा तोडफोड गरेका छन् ।
स्थानीयको प्रदर्शनपछि अहिले राजमार्ग ठप्प भएको छ । अवस्था नियन्त्रणमा लिन प्रहरी परिचालन भए पनि तनाव नियन्त्रणमा आएको छैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4