+
+

वार्षिकोत्सवको अवसरमा ग्लोबल आइएमईको वित्तिय साक्षरता कार्यक्रम

अनलाइनखबर अनलाइनखबर
२०७४ माघ १५ गते १२:४१

१५ माघ, काठमाडौं । ग्लोबल आइएमई बैंकले ११ औँ वार्षिकोत्सवको अवसरमा गत शनिबारका दिन वित्तीय साक्षरता जगाउने उद्धेश्यले बाग्लुङ्ग जिल्लाको बुर्तिबाङ्गमा “वित्तिय साक्षरता कार्यक्रम” सञ्चालन गरेको छ ।

बाग्लुङ जिल्लाको ढोरपाटनमा सम्पन्न उक्त कार्यक्रममा बैंकका “तालिम तथा बैंक बिज्ञ” पुर्णमान नापितले बैंक तथा वित्तियको बारेमा जानकारी गराए । कार्यक्रममा विद्यार्थी, व्यापारी, सरकारी तथा गैह्र सरकारी कर्मचारी, आमा समूह तथा अन्य स्थानीयबासीहरु सहित एक सय जनाभन्दा बढीको उपस्थिती रहेको थियो ।

साथै, बैंकले शनिबारदेखि नै बाग्लुङ जिल्लाको निसीेखोलामा आफ्नो ६५ औँ शाखारहित बैकिङ सेवा शुरु गरेको छ । उक्त स्थानमा खोलिएको सेवाको लागि स्थानिय अनिल कुँवरलाई व्यवसायीक प्रतिनिधि नियुक्त गरिएको छ ।

कृषि र रेमिट्यान्स मुख्य आयस्रोत रहेका यि दुवै क्षेत्रका बासिन्दा बैंकिङ सेवा उपभोग गर्नका लागि टाढा–टाढासम्म पुग्नुपर्ने बाध्यतालाई मध्यनजर गरि बैंकले शाखारहित बैंकिङ सेवा सुरु गरेको हो ।

बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पुर्याउने उद्देश्यले १ सय १३ वटा शाखा, १ सय २७ एटिएम, ४ वटा एक्सटेन्सन काउण्टर १४ वटा राजश्व संकलन काउण्टर ६५ शाखा रहित बैंकिङ सेवा मार्फत् ग्राहकहरु माझ सेवा प्रदान गर्दे आइरहेको छ ।

त्यस्तै बैंकले अत्याधुनिक प्रविधियुुक्त भाईवर बैंकिङ सेवा, मोबाइल बैंकिङ सेवा, इन्टरनेट बैंकिङ सेवाको साथमा अष्ट्रेलिया, बेलायत र भारतमा प्रतिनिधि/सम्रपर्क कार्यालय स्थापना गरेर ति देशमा रहेका नेपालीहरु माझ सेवा प्रदान गर्दै आईरहेको छ । त्यसैगरि बैंकले मलेसिया, दक्षिण कोरिया, कतार, युएई, बहराइन लगायतका मुलुकबाट रेमिट्यान्स सेवा समेत प्रदान गर्दे आइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?