न्यूयोर्क / अमेरिकाको न्यूयोर्कमा वस्दै आएकी साहित्यकार तथा अन्तर राष्ट्रिय नेपाली साहित्य समाज ९अनेसास० की केन्द्रीय पूर्व अध्यक्ष गीता खत्रीको नयाँ पुस्तक ‘अन्त्यहीन इच्छा’ बजारमा आएको छ ।
हालसालै प्रकाशित उक्त पुस्तक अमेरिकामा उनले प्राप्त गरी सकेकी छिन् । उनको यो नयाँ पुस्तक छैठौ पुस्तक हो । साझा प्रकाशनद्वारा प्रकाशित उक्त पुस्तक कथाहरुको संग्रह हो ।
पुस्तकको आवरण हरियो रंगमा प्रकाशित ‘अन्त्यहीन इच्छा’ पहिलो पृष्ठमा पहिलो कथा छ । ८८ पृष्ठको पुस्तकमा मोतीको माला, यस्तो पनि बिबाह, संयोग, बाबुको मुख हेर्न दिन, विजय, नारी शोषणलगायत अन्त्यमा अन्तिम बिदाईसहित १७ वटा कथाहरु रहेका छन् ।
नेपालका चर्चित साहित्यकारहरुले साझा प्रकाशनबाट आफ्नो कृति प्रकाशन गर्दछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4