२२ माघ, काठमाडाैं । नेपाल टेलिकमको चौधौं वार्षिकोत्सवको अवसरमा कम्पनीको विभिन्न सेवामा छुटसिहतका अफर अएको छ । प्याकेज तथा छुटको व्यबस्था सहित विभिन्न योजना अएको हो ।
यसअन्तरगत ADSL सेवाको speed माघ २५ देखि 5 Mbps मा स्तरोन्नति गरिनेछ । Cross-bundling अन्तर्गत माघ २५ देखि तीन महिनाका लागि ADSL सेवामा recharge गर्दा GSM वा CDMA मा डाटा बोनस उपलव्ध गरिने छ ।
हाल CUG सेवा GSM/CDMA Postpaid ग्राहकका लागि उपलव्ध हुँदै आएकोमा Prepaid ग्राहकहरुलाई समेत CUG सेवामा आवद्ध गरिने कम्पनीले जनाएको छ ।
कम्पनीका जिएसएम सेवातर्फ माघ २३ देखि फागुन ८ सम्मको लागि Unlimited Night Voice प्याकेज (राति १० देखि बिहान ६ बजे सम्मका लागि) ३ दिनका लागि रु. ३५ मात्रै कायम गरिएको छ ।
Unlimited All Time डाटा प्याकेज (कुनै पनि समयमा प्रयोग गर्न सकिने) २४ घण्टाका लागि रु. ५० कायम भएको छ ।
Unlimited Night डाटा प्याकेज (राति १० देखि बिहान ६ बजे सम्मका लागि) एक रातको रु १५ कायम भएको टेलिकमले जनाएको छ ।
रिचार्ज बोनसतर्फ माघ २३ देखि माघ २९ सम्मको लागि रू ५०, १०० र २०० को रिचार्जमा १०% बोनस तथा ५०० र १००० को रिचार्जमा १५% बोनस दिइनेछ ।
PSTN सेवाग्राहीका लागि २०७४ फागुन महिनामा थप २५ कल बराबरको रकम छुट, माघ २५ देखि बैशाख २५ सम्मको अवधीको लागि छिमेकी राष्ट्र भारतमा कल गर्न रु.२/२२ पैसा देखि रु. २/३३ पैसा प्रति मिनेट सम्मका बिभिन्न आकर्षक प्याकेजहरू ल्याइएको छ ।
अन्तर्राष्ट्रिय आगमन कल प्राप्त गर्ने कम्पनीका ग्राहकहरूलाई प्रत्येक ७ दिनमा ७ मिनेट भन्दा बढी कल प्राप्त भएमा कम्पनीको नेटवर्कभित्र कल गर्न तथा SMS पठाउन बोनस पनि दिइने टेलिकमले जनाएको छ ।
कम्पनीको FTTH सेवा प्रवर्धन गर्न मिति माघ २५ देखि २०७५को वैशाख २५ सम्म ९० दिन FTTH सेवाका individual तथा corporate ग्राहकहरुलाई विभिन्न आकर्षक package हरु प्रदान गर्ने पनि घोषणा भएको छ ।
साथै माघ २५ देखि बैशाख २५ सम्मको अवधीको लागि Spring Offer अन्तर्गत बिभिन्न आकर्षक प्याकेजहरु प्रदान गरिने भएको छ ।
यो पनि पढ्नुस्
प्रतिक्रिया 4