Comments Add Comment

टेलिकमले पनि सुरु गर्यो ‘ब्यालेन्स सापटी’


२२ माघ काठमाडौं । नेपाल टेलिकमले आफ्ना प्रिपेड ग्राहकको लागि  ब्यालेन्स सकिँदा सापटी दिन सुरु गरेको छ । टेलिकमले आफ्नो १४ औं वार्षिकोत्सवको अवसरमा ‘नमस्ते क्रेडिट सेवा’  नाम दिएर यस्तो सुविधा ल्याएको हो ।

प्रिपेड कार्डबाहक ग्राहकले अब फोन गर्दा गर्दै पैसा सकिएमा पनि कुरालाई निरन्तरता दिन पाउने छन् । यसअघि नेपालमा सञ्चालीत अर्काे टेलिकम्युनिकेसन् कम्पनी एनसेलले मात्रै सापटी दिने सेवा दिएको थियो । एनसेलले सापटीलाई अहिलेका युवा पुस्ताले खुबै रुचाएका छन् । टेलिकमको प्रतिस्पर्धि मानिने ऐनसेलले यो सेवा सुरु गरेको लामो समयसम्म टेलिकमले यसमा चासो देखाएको थिएन । युवा पुस्ताले यस्तो सेवा खुबै मनपराएको देखेपछि टेलिकमले पनि त्यसैलाई पछ्याउँदै ‘पैँचो’ लिने सेवा सुरु गरेको छ ।

सोमबार टेलिकमले  आयोजना गरेकाे वार्षिकोत्सव कार्यक्रममा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले सेवाको सुरूअात गरे ।  यो योजनाको पूर्ण कार्यान्वयन आगामी एक महिनाभित्रबाट हुनेछ । सोमवार संस्थाले यसको सफ्ट लञ्ज गरेको हो । यो योजनामा कति रकमको सीमा राखिने भन्ने बिषय टुंगो लाग्न बाँकी छ ।

अर्थात् ग्राहकले पैसा सकिएपछि पनि कति बेरसम्म कुरा गर्न पाउने भन्ने विषय पूर्ण कार्यान्वयनमा आउनुअघि निर्धारण हुने भएको हो । ग्राहकले बिना पैसा कुरा गर्न पाएको समय बराबरको रकम भने पछि रिर्चाज गर्दा काटिने छ ।

यो पनि पढ्नुस्

मोबाइलमा सबैभन्दा बढी खर्च गर्ने व्यक्ति बने कुलमान

टेलिकमले ल्यायो बोनस, छुटका योजना र आकर्षक प्याकेज

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment