+
+
Shares

पाँच तरिका, सेतो सर्टलाई कसरी फरक ढंगले लगाउने ?

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख ३० गते १३:५४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सेतो सर्टलाई विभिन्न स्टाइलहरूमा प्रयोग गर्न सकिन्छ जस्तै छालाको स्कर्टसँग, ओभरकोटको रूपमा, प्लाजोसँग, वानपिस ड्रेस, र अफसोल्डर टपको रूपमा।
  • यी स्टाइलहरूले महिलाहरूलाई परम्परागत भन्दा फरक र आधुनिक लुक दिन सक्छन्, जसले विभिन्न अवसरहरूमा उपयुक्त हुन्छ।
  • सेतो सर्टको बहुउपयोगीता र स्टाइलिङ विकल्पहरूले महिलाहरूलाई आफ्नो व्यक्तिगत शैलीअनुसार सजिलै अनुकूलन गर्न मद्दत गर्दछ।

धेरैजसो महिलाको दराजमा सामान्य सेतो सर्ट हुन्छ । औपचारिक पहिरनको रुपमा सेतो सर्ट बढी लगाइने गरिन्छ । । तर, सेतो सर्ट बहुउपयोगी हुन्छ । यो एक भन्दा बढी अवसरमा र धेरै स्टाइलमा लगाउन सकिन्छ ।

धेरैजसो महिलाहरूलाई सेतो सर्ट स्टाइल गर्ने धेरै तरिकाहरू थाहा हुँदैन । त्यसैले उनीहरू सेतो सर्टलाई आफ्नै तरिकाले स्टाइल गर्छन्, या त ब्लेजरमुनि लगाउँछन् वा फर्मल प्यान्टसँग । तर, केही महिलाहरू भने सेतो सर्टको प्रयोग विभिन्न तरिकाले गर्छन् । जसले विशेष गरी आधुनिक र कम बोरिङ लुक्स प्रदान गर्छ ।

छालाको प्लेटेड स्कर्टको साथ सेतो सर्ट

सेतो सर्टलाई छालाको प्लेटेड स्कर्टसँग लगाउनाले नब्बेको दशकको लुक पाउन सकिन्छ र समग्र गेटअप एकदमै राम्रो देखिन्छ । यस संयोजनमा केही रङ थप्नका लागि चम्किलो ब्याग बोक्ने र सेतो वा कालो कलरको हिल लगाउन सकिन्छ ।

छालाको प्लेटेल स्कर्टका साथै छालाको मिनी स्कर्टसँग पनि सेतो सर्ट सुहाउँछ । यो स्वटाइलले पुरानो हिन्दी फिल्मको हिरोइन जस्तो लुक प्रदान गर्छ । यो संयोजन फर्मल देखी क्याजुयल सबै अवसरहरूमा लगाउन सकिन्छ ।

ओभर कोटको रूपमा

सेतो सर्टलाई स्टाइल गर्ने अर्को तरिका भनेको यसलाई ओभरकोट रूपमा लगाउनु हो । यसलाई गर्मीको सुन्दर पोशाकमाथि लगाउन सकिन्छ र सेतो सर्टले यसलाई पूरक बनाउन सकिन्छ । जिन्ससँग टि–सर्ट लगाएर त्यसमाथि ओभर कोटको रूपमा सेतो सर्ट पनि लगाउन सकिन्छ ।

प्लाजोसँग सेतो सर्ट

सेतो सर्टलाई कालो र सेतो प्लाजोसँग पनि स्टाइल गर्न सकिन्छ । यसरी आकर्षक क्याजुअल लुक्स पाउन सकिन्छ । प्लाजो लुक्सलाई हाइ हिल वा स्नीकर्ससँग क्यारी गर्न सकिन्छ । साथै लुक्सलाई थप आकर्षक बनाउन साथमा स्लिङ वा साइड ब्याग बोक्न सकिन्छ ।

वानपिस ड्रेसका रुपमा

यदि घुँडा भन्दा माथिको वानपिस ड्रेस लगाउन मनपर्छ भने सेतो सर्टलाई वानपिसको रुपमा पनि लगाउन सकिन्छ । सेतो सर्टलाई सजिलैसँग ड्रेसमा रूपान्तरण गर्न सकिन्छ । यसका लागि एउटा लामो सेतो सर्ट लिनुपर्छ । अब यो सर्टलाई लगाएर त्यसमा छातीमुनि चौडा बेल्ट लगाउन सकिन्छ । यसो गर्दा सर्ट वानपिस ड्रेस जस्तो देखिन्छ ।

यदि दिनको समयमा बाहिर जाँदै हुनुहुन्छ भने, लुक पूरा गर्न क्याप वा ह्याट लगाउन सकिन्छ । ड्रेसलाई रंगीन लुक दिन रंगीन बेल्ट लगाउने वा स्कार्फलाई बेल्टको जस्तै कम्मरमा बानेर म्याच गर्न सकिन्छ ।

अफसोल्डर टप

सेतो सर्टलाई काँधभन्दा तल झारेर अफसोल्डर टपको रुपमा पनि लगाउन सकिन्छ । सर्टलाई काँधबाट बाहिर निकालेर लगाउँदा त्यसले फेसनेबल र स्टाइलिस्ट लुक दिन्छ ।

सर्टलाई अफसोल्डर टपको रुपमा लगाउन सर्टको माथिल्लो बटन खोल्नुपर्छ त्यसपछि यसलाई काँधबाट तल तान्नुपर्छ । यसो गर्दा सर्ट अफ–सोल्डर टप जस्तो देखिन्छ । यसलाई जिन्स प्यान्ट वा स्कर्टसँग म्याच गरेर लगाउन सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?