नेगेटिभ रोल नै सही, फिल्म ‘पद्यावत’बाट सबैभन्दा बढी ताली पाए रणवीर सिंहले । हिरो मात्र होइन, भिलेनको रुपमा पनि उत्तिकै सशक्त देखिएका रणवीर अब भने मसलेदार फिल्ममा देखिदैछन् । गाडी जुधाएर मनोरञ्जन दिलाउन माहिर निर्देशक रोहित शेट्टीको फिल्ममा रणवीरले धमाका मच्याउने भएका हुन् ।
फिल्मको नाम हो, सिंबा । अहिले रणवीरले उक्त फिल्मका लागि आफु एकदमै उत्साहित भएको बताएका छन् । लामो समयदेखि मसलेदार फिल्ममा काम गर्न चाहेको उनको भनाइ छ ।
रणवीर भन्छन्, ‘सिंबा एक मसाला इन्टरटेनर हो, जसमा दर्शकले कमेडी, एक्सन र रोमान्स सबैकुरा पाउनेछन् । म त यस्तो फिल्म गर्नै जन्मिएको हुँ । म अधैर्यतासाथ त्यही दिन पर्खिरहेको छु कि, जब रोहित शेट्टीको फिल्म सेटमा पाइला राख्नेछु ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4