काठमाडौं । राष्ट्रिय सभा चुनावमा प्रदेश ६ बाट वाम गठबन्धनले सतप्रतिशत नतिजा निकालेको छ ।
प्रदेशका ८ वटै सिटमा वाम गठबन्धनका उम्मेदवारहरु विजयी भएका छन् । एमालेबाट उम्मेदवारी दिएका नरपति लुहार, कविता बोगटी, नन्दा चपाई शर्मा, भैरव सुन्दर श्रेष्ठ र ठकेन्द्रप्रकाश पुरी विजयी भए ।
यस्तै माओवादी केन्द्रका तर्फबाट कालीबहादुर मल्ल, जीवनबहादुर बुढा र युटुल लामा विजयी भएका हुन् ।
राष्ट्रिय सभा सांसदका लागि कांग्रेसबाट उम्मेदवारी दिएका चारै जना पराजित भएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4