+
+

कोरियाका मोस्ट वान्टेड अपराधी नेपालबाट पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७४ फागुन १० गते २०:५२

१० फागुन, काठमाडौं । अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) ले रेड कर्नर नोटिस जारी गरेको कोरियन अपराधी नेपालबाट पक्राउ परेका छन् ।

लागूऔषध कारोबारसँगै ठगीमा समेत संलग्न कोरियन अपराधी सिउन ओन लीलाई पोखरा प्रहरीले त्यहाँको लेकसाइडस्थित न्यू फ्याम्ली होम होटलबाट पक्राउ गरिएको हो ।

उनलाई प्रहरीले ३ फागुनमा पक्राउ गरिएको  र कोरिया डिपाेर्ट गर्ने तयारी भइरहेको स्रोतले अनलाइनखबरलार्इ बतायो ।

उनी एम २५११२९९ नम्बरको पासपोर्ट लिएर पोखरा बसेका थिए ।

मस्टवान्टेड अपराधी उनी विभिन्न देशका प्रहरीलाई छक्याउँदै नेपालसम्म आइपुगेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?