+

बार्सिलोनाको उपाधि यात्रामा लस पाल्मसको धक्का

२०७४ फागुन  १८ गते ७:३४ २०७४ फागुन १८ गते ७:३४
बार्सिलोनाको उपाधि यात्रामा लस पाल्मसको धक्का

१८ फागुन, काठमाडौं । स्पनिस ला लिगा फुटबलमा रेलिगेशन जोनमा रहेको लस पाल्मसले बार्सिलोनालाई बराबरीमा रोकेको छ ।

बिहीबार राति भएको खेलमा बार्सिलोना १-१ को बराबरीमा रोकिएको हो । आइतबार दोस्रो स्थानमा रहेको एथ्लेटिको मड्रिडसँग खेल्नुअघि अंक बाँड्नु बार्सिलोनालाई धक्का हो ।

लस पाल्मसको घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाले २१ औं मिनेटमा लिओनल मेस्सीको गोलबाट अग्रता लिएको थियो । तर, दोस्रो हाफको सुरुमा नै पेनाल्टीमार्फत् जोनाथन कलरीले बराबरी गोल गरे ।

बार्सिलोनाका प्रशिक्षक इर्नेस्टो भाल्डर्भेले यसलाई ‘अदृश्य पेनाल्टी’ भनेका छन् ।

खेलमा थप गोल हुन सकेन र बार्सिलोना बराबरीमा रोकियो । बार्सिलोना २६ खेलबाट ६६ अंकका साथ शीर्ष स्थानमा छ भने दोस्रो स्थानमा रहेको एथ्लेटिको मड्रिडको समान खेलबाट ६१ अंक छ । समान खेल खेलेको रियल मड्रिड ५१ अंकसहित तेस्रो स्थानमा छ ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय