+
+

देउवाले भेटे विमान दुर्घटनाका घाइते

अनलाइनखबर अनलाइनखबर
२०७४ फागुन २९ गते १३:०३

२९ फागुन, काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले विमान दुर्घटनामा घाइते भएकाहरुलाई अस्पताल पुगेर भेटेका छन् ।

सोमबार युएस बंगला एयरलाइन्सको विमान काठमाडौंको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा दुर्घटना हुँदा ४९ जनाको मृत्यु २२ जना घाइते भएका थिए ।

देउवाले सिनामंगलको काठमाडौं मेडिकल कलेज शिक्षण अस्पतालमा उपचाररत बिरामीलाई भेटी उनीहरुको अवस्थाबारे जानकारी लिएका हुन् ।

उनले घाइतेहरुको स्वास्थ्य लाभको कामना गर्दै उपचारमा कुनै कन्जुस्याइँ नगर्न आफूले सरकारसँग माग गरिसकेको बताए ।

देउवाले दुर्घटनामा परेका घाइतेहरुको निशुल्क उपचारका साथै आवश्यक क्षतिपूर्ति दिलाउन सरकासँग पहल गर्ने पनि बताएका उनको निजी सचिवालयले जनाएको छ ।

‘सर्वप्रथम म तपाईहरुको सीघ्र स्वास्थ्य लाभको कामना गर्दछु’ उनले घाइतेहरुसँगको भेटमा भने  ‘उपचारमा कुनै कमी आउन नदिन र आवस्यक क्षतिपूर्तिको लागि सरकारसँग आजै पहल गर्छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?