सोमबार, ११ असार, २०७५
Ruslan
OnlineKhabar.com
Suzuki
Advertisment
SKIP THIS
Advertisment
SKIP THIS

विमान दुर्घटना: २२ नेपालीसहित ४९ जनाको मृत्यु, २२ घाइते (नामसहित)

Suzuki
अनलाइनखबर

२८ फागुन, काठमाडौं । यूएस बंगला एयरलाइन्सको विमान त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा दुर्घटना हुँदा २२ नेपालसहित ४९ जनाको मृत्यु भएको छ । दुर्घटनामा २२ जना घाइते भएका छन् । उनीहरुमध्ये केहीको अवस्था गम्भीर छ ।

बंगलादेशको राजधानी ढाकाबाट काठमाडौं आएको विमान अवतरणका क्रममा दुर्घटना भएको थियो । ७६ सीट क्षमताको दुर्घटनाग्रस्त विमानमा २८ महिला र २ जना बाललालिकासहित ६७ यात्रुहरु थिए । उनीहर मध्ये ३३ नेपाली थिए ।

मालदिभ्स र चीनका एक/एकजना विमानमा सवार थिए । बाँकी बंगलादेशी नागरिक थिए । विमानमा रहेका दुई बालवालिका पनि बंगलादेशी नै हुन् ।

चालक दलका ४ सदस्य थिए ।

२२ नेपालीको मृत्यु, ११ घाइते

गृह मन्त्रालयका सहायक प्रवक्ता झंक ढकालका अनुसार २२ नेपाली, २२ बंगलादेशी नागरिक, एक चिनियाँ नागरिकको मृत्यु भएको छ ।

चालक दलका चारै सदस्यको पनि दुर्घटनामा निधन भएको छ ।

घाइतेमध्ये २२ जनामा ११ नेपाली छन् । ९ वंगलादेशी, एक माल्दिभ्सका नागरिक छन् भने एक घाइतेको राष्ट्रियता खुलेको छैन । तर, उनी बंगलादेशी भएको अनुमान छ ।

नेपाली नागरिक शिला बजगाईं, अल्जिना बराल, चारु बराल, सोबिन्द्रसिंह बोहरा, प्रवीण चित्रकार, सजना देवकोटा, ज्ञानीकुमारी गुरुङ, श्रेया झा, पूर्णिमा लोहनी, मिली महर्जन, निगा महर्जन, सञ्जय महर्जन, प्रसन्न पाण्डे, हरिशङ्कर पौडेल, सञ्जय पौडेल, कृष्णकुमार सहनी, आश्ना शाक्य, एञ्जिला श्रेष्ठ, सरुना श्रेष्ठ, डा बालकृष्ण थापा, श्वेता थापा र अवधेशकुमार यादवको दुर्घटनामा परी निधन भएको छ ।

घाइते नेपाली नागरिक

केशव पाण्डे- मेडिसिटी अस्पताल नख्खु

दिनेश हुमागाईँ, न्यूरो अस्पताल बाँसबारी

दयाराम ताम्राकार, ग्राण्डी अस्पताल टोखा

किशोर त्रिपाठी, ग्राण्डी अस्पताल

हरिप्रसाद सुवेदी, ग्राण्डी अस्पताल

विनोद पौडेल, ग्राण्डी अस्पताल

वसन्त बोहरा, नर्भिक अस्पताल थापाथली

आशिष रञ्जित नर्भिक

सनम शाक्य, नर्भिक

प्रिन्सी धामी,  केएमसी

सबिना व्यञ्जनकार, केएमसी

कसको अवस्था के छ ?

विमानबाट उद्धार गरिएका मध्ये सिनामंगलस्थित केएमसी मेडिकल कलेजमा करिब एक दर्जनको उपचार गरिँदैछ । त्यहाँ रहेका बिरामीहरुमा इमराना कबिर, पिञ्ची धामी र समिना व्यञ्जनजकारलाई आइसीयूमा राखिएको छ ।

त्यसैगरी केएमसीमै उपचार गरिरहेका अन्य घाइतेहरुमा कबिर हुसैन, रसिद हसन, महन्दी हसन, रिजना अब्दुल्लाह र डाक्टर इर्जना छन् ।

त्यसैगरी केएमसीमै धीरेहन्द्रसिंह पूजना, स्वराना, सहरीन अहमद र एमडी सहिनको उपचार भइरहेको छ ।

केएमसी पुर्‍याइएका मध्ये ४ जनालाई अन्य अस्पतालमा भनाए गरिएको छ । किशोर त्रिपाठी, हरिप्रसाद सुवेदी र दयाराम ताम्राकारलाई ग्राण्डी अस्पतालमा रिफर गरिएको छ भने केशव पाण्डेलाई मेडिसीटी अस्पतालमा रिफर गरिएको छ । ग्राण्डी अस्पतालका चक्रराज पाण्डेले चार जनाको उपचार भइरहेको बताए ।

प्रधानमन्त्री पुगे घटनास्थल

प्रधानमन्त्री केपी शर्मा ओलीसहित मन्त्रीहरु दुर्घटनास्थल पुगेर उद्दारबारे जानकारी लिएका थिए । प्रधानमन्त्रीसँगै गृहमन्त्री रामबहादुर थापा बादल, रक्षामन्त्री ईश्वर पोखरेल, उद्योगमन्त्री मातृकाप्रसाद यादव पनि पुगेका थिए ।

ओलीले घटना दुःखद भएको भएको बताए । साथै घाइतेको स्वास्थ्य लाभको कामना गरेका छन् । सोमबार नै बसेको मन्त्रिपरिषद् बैठक बसेर घटनाबारे छानविन गर्न पूर्वसचिवको नेतृत्वमा जाँचबुँझ आयोग गठन गरेको छ ।

यो पनि पढ्नुस्

घाइतेको बयानः विमान जलिरहृयो, हामी गुहार माग्दै चिच्याइरहृयौं

दुर्घटनाअघि पाइलटलाई कन्ट्रोल रुमको चेतावनीः म फेरि भन्छु, त्यसो नगर्नुस्

कोटेश्वरतर्फबाट ओर्लिनुपर्ने विमान किन लाग्यो पशुपति ?

विमान कसरी जल्यो ? यस्ता छन् ३ तथ्य

हेल्लो सरकार ! विमान दुर्घटनाको विवरण खोई ?

विमान बंगला दुर्घटना, हेर्नुस् १२ तस्वीर

विमान दुर्घटनास्थल पुगे प्रधानमन्त्री, छानविन गर्ने प्रतिवद्धता

विमान दुर्घटनाबारे छानविन गर्न आयोग गठन

२०७४ फागुन २८ गते २१:५५ मा प्रकाशित (२०७४ फागुन २९ गते ८:२९मा अद्यावधिक गरिएको)
Grace
Grace

सम्बन्धित शीर्षकहरु

अनलाइनखबर सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

मुख्य खबरहरु

यसमा तपाइको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

Also you may like this