Comments Add Comment

हेल्लो सरकार ! विमान दुर्घटनाको विवरण खोई ?

कैलालीमा मेयरमाथि गोली चल्दा सुरक्षा कमजोरी

२८ फागुन, काठमाडौं । सोमबार राति साढे ९ बजेतिर गृहमन्त्रालयको आधिकारिक वेबसाइट खोल्दा सिरानमा यस्तो वाक्य देखियो- ‘राष्ट्रपतिलगायत राष्ट्रिय जीवनका महत्वपूर्ण क्षेत्रमा रहनुभएका महानुभावहरुको मर्यादाक्रम…।’ अलि तल ‘समाचार’मा लेखिएको थियो-‘अपराधी र तस्करविरुद्धको अभियानमा सहयोग गर्न सञ्चारकर्मीलाई गृहमन्त्रीको आग्रह ।’

देशमा भएको ठूलो विमान दुर्घटनाका बारेमा गृहमन्त्रालयले राति अबेरसम्म न कुनै शोक वक्तव्य निकाल्यो, नत मृतक र घाइतेको अवस्थाबारे जनतालाई जानकारी दिनुपर्ने आफ्नो दायित्व नै निभायो ।

गृहमन्त्री रामबहादुर थापा बादल दिउँसो प्रधानमन्त्री केपी शर्मा ओलीसँगै विमान दुर्घटना भएको स्थानसम्म पुगेका थिए । तर, यति ठूलो दुर्घटना हुँदा साँझ गृहमन्त्रालयले परिस्थितिको रिपोर्ट सार्वजनिक गर्नुपर्ने दायित्व नै बिर्सियो ।

त्यसो त गृहमन्त्रालयले सोमबार साँझ दुर्घटनाको विवरणसम्बन्धी एउटा विज्ञप्तिको ड्राफ्ट पनि तयार पारेको थियो । तर, कसैले क्याबिनेटको बैठक बस्छ र प्रधानमन्त्री केपी ओलीले नै वक्तव्य जारी गर्ने भएकाले गृहमन्त्रीले केही गर्नु नपर्ने सल्लाह दिएपछि गृहमन्त्री बादलको नजर प्रधानमन्त्रीतर्फ नै सोझियो ।

प्रधानमन्त्री कार्यालयले क्याबिनेटको बैठकपछि साँझ ८ बजे शोक वक्तव्य जारी गर्‍यो । प्रधानमन्त्रीका तर्फबाट जारी हुने वक्तव्यमा कति नेपाली घाइते छन् र उनीहरुलाई कहाँ उपचार गरिँदैछ भन्ने विवरण खुलाउने कुरै भएन । किनभने यो काम प्रधानमन्त्री कार्यालयको नभएर गृहमन्त्रालयको हो ।

देशमा यति ठूलो घटना हुँदा पनि गृहमन्त्रालयले किन वक्तव्य जारी नगरेको भन्ने प्रश्नमा गृहका एक कर्मचारीले अनलाइनखबरसँग भने- हामीले वक्तव्यको ड्राफ्ट पनि तयार पारेका थियौं, तर, प्रधानमन्त्रीकै तर्फबाट वक्तव्य आउने भएपछि यसलाई रोकिएको हो, मन्त्रीज्यूबाट आदेश आउनासाथ हामी त्यसलाई जारी गछौर्ं ।’

टिप्पणीः इतिहासकै कमजोर गृहमन्त्री

त्यसो त प्रधानमन्त्री केपी ओलीलाई इतिहासकै सबैभन्दा बलियो सरकार भनिएको छ । र ओली सरकारलाई शक्तिशाली सरकारको उपमा दिइएको छ । तर, यो सरकारमा ओलीमात्रै शक्तिशाली छन्, उनका गृहमन्त्री चाहिँ इतिहासकै सबैभन्दा कमजोर छन् ।

किनभने रामबहादुर थापा लोकतान्त्रिक सरकारका त्यस्ता प्रथम गृहमन्त्री हुन्, जसलाई गुप्तचर निकायको रिपोर्टिङ हुँदैन । राष्ट्रिय अनुसन्धान विभागका गोप्य सूचनाहरु प्रधानमन्त्रीको मातहतमा रहने निर्णय केपी ओलीले गराइसकेका छन् । यो अवस्थामा गृहमन्त्रीसँग देशभरिको दैनिक सूचना नहुनु र अपराधसम्बन्धी इन्फरमेशनहरुको अभाव हुनु स्वाभाविकै हो ।

यसैवीच गृहमन्त्रालयको यस्तै कमजोरीको फाइदा उठाउँदै सोमबार मात्रै कैलालीको घोडाघोडी नगरपालिकाका मेयर ममतप्रसाद चौधरीमाथि अज्ञात समूहले गोली प्रहार गरेको छ । यो घटनाले केपी ओली नेतृत्वको सरकार शान्ति सुरक्षाको मामिलामा कमजोर देखिन थालेको महसुस भएको छ ।

सरकार बलियो हुने भनेको सबै मन्त्रीहरुको संस्थागत कामले हो । अधिकारजति प्रधानमन्त्रीले राख्ने र गृहमन्त्री इतिहासकै कमजोर भइरहने हो भने देशको शान्ति सुरक्षा कसरी मजबुद होला ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment