News Summary
Generated by OK AI. Editorially reviewed.- फेवातालको दक्षिणी किनारमाथिको डाँडामा रहेको विश्व शान्ति स्तूपबाट फेवाताल, पोखरा उपत्यका र अन्नपूर्ण हिमशृंखलाको दृश्यावलोकन गर्न सकिन्छ ।
- समुद्र सतहबाट करिब १ हजार ११५ मिटर उचाइको स्तूपले शान्त वातावरण र खुला आकाशका कारण स्वदेशी तथा विदेशी पर्यटकलाई आकर्षित गर्छ ।
- फेवाताल र माछापुच्छ्रेको दृश्यले पोखराको प्राकृतिक आकर्षण, पर्यटन सम्भावना र नेपालको सौन्दर्य एकै ठाउँमा देखाउँछ ।
७ कात्तिक, पोखरा । फेवाताल र माछापुच्छ्रेको मनमोहक सौन्दर्यले पोखरा पुग्ने जो कोहीको मन लोभ्याउँछ । सोही सौन्दर्यतालाई थप बलियो बनाउँछ, सेतो विश्व शान्ति स्तूपले ।
फेवातालको दक्षिणी किनारमाथिको डाँडामा अवस्थित विश्व शान्ति स्तूप समुद्र सतहबाट करिब १ हजार ११५ मिटर उचाइमा छ ।
यस स्तूपबाट फेवाताल, पोखरा उपत्यका र अन्नपूर्ण हिमशृंखलाको मनोरम दृश्यावलोकन गर्न सकिन्छ । शान्त वातावरण, खुला आकाश र हिमालको पृष्ठभूमिले यस स्थानलाई स्वदेशी तथा विदेशी पर्यटकका लागि आकर्षक बनाएको छ ।
सँगै ८ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथमलगायत अन्नपूर्ण हिमशृङ्खलाका हिमालले पोखराको दृश्यलाई अझै मनमोहक बनाउँछ ।
विश्व शान्ति स्तूपबाट देखिने तालको फराकिलो दृश्य र माछापुच्छ्रेको पृष्ठभूमिले पोखराको प्राकृतिक आकर्षणलाई एउटै दृश्यमा समेट्छ ।
विश्व शान्ति स्तूप, फेवाताल र माछापुच्छ्रेको यो दृश्य पोखराको प्राकृतिक सम्पदा, पर्यटन सम्भावना र नेपालको सौन्दर्यको जीवन्त तस्वीर हुन् ।





प्रतिक्रिया 4