+
+
Shares

खुल्यो पोखराको आकाश,प्रष्ट देखिन थाले हिमशृङ्खला (तस्वीरहरू)

लगातारको वर्षापछि पोखराको आकाश भने खुलेको छ। आकाश खुलेसँगै पोखराबाट माछापुच्छ्रे, अन्नपूर्णलगायतका हिमशृङ्खला स्पष्ट देखिन थालेका छन्।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज ११ गते १२:०६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • लगातारको वर्षाले गण्डकी प्रदेशका म्याग्दी, पर्वत, मुस्ताङ, मनाङलगायत जिल्लामा क्षति पुर्‍याएको छ ।
  • कास्कीमा ८ गतेदेखि परेको वर्षाका कारण ग्रामीण यातायात र हिमाली पदयात्रा रोकिएको थियो, र पर्यटकलाई सुरक्षित स्थानमा सारिएको थियो ।
  • वर्षा रोकिएर पोखराको आकाश खुलेपछि माछापुच्छ्रे र अन्नपूर्णलगायत हिमशृङ्खला स्पष्ट देखिन थालेका छन् ।

११ असोज, काठमाडौं । लगातारको वर्षाले गण्डकी प्रदेशका म्याग्दी, पर्वत, मुस्ताङ, मनाङलगायतका जिल्लामा क्षति पुर्‍याएको छ ।

वर्षाले गण्डकी प्रदेश राजधानी पनि प्रभावित छ तर लगातारको वर्षापछि पोखराको आकाश भने खुलेको छ। आकाश खुलेसँगै पोखराबाट माछापुच्छ्रे, अन्नपूर्णलगायतका हिमशृङ्खला स्पष्ट देखिन थालेका छन्।

कास्कीमा ८ गतेदेखि लगातार वर्षा भइरहेको थियो । वर्षाका कारण ठूलो क्षति नभए पनि ग्रामीण क्षेत्रका यातायात तथा हिमाली क्षेत्रमा हुने पदयात्रामा रोक लगाइएको थियो।

पदयात्राका लागि गएका पर्यटकलाई समेत सम्भावित जोखिमलाई ध्यानमा राख्दै सुरक्षित स्थानमा सारिएको थियो।

लगातारको वर्षासँगै पोखराको सेती नदीमा पानीको बहाव बढ्दा रामघाटलगायतका नदी आसपासका क्षेत्रमा पानी जमेको छ ।

अहिले भने वर्षा रोकिएर आकाश खुलेको छ। घाम लाग्न थालेसँगै पोखराको मौसम पनि खुलेको छ भने हिमालको सुन्दर दृश्य देखिन थालेको छ ।

दिन घमाइलो हुन थालेसँगै अब वर्षा रोकिने अनुमान गरिएको छ । मौसम विभागअनुसार कास्कीमा मध्यम वर्षाको अनुमान थियो । बिहान वर्षा भए पनि अहिले वर्षा रोकिएर आकाश खुलेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?