Comments Add Comment

विमान दुर्घटनाबारे छानविन गर्न आयोग गठन

२८ फागुन, काठमाडौं । सरकारले यूएस बंगला एयरको विमान दुर्घटनाबारे छानविन गर्न पूर्वसचिवको नेतृत्वमा आयोग गरेको छ ।

सोमबार अपरान्ह बसेको मन्त्रिपरिषद बैठकले पूर्वसचिव यज्ञप्रसाद गौतमको संयोजकत्वमा ६ सदस्यीय जाँचबुझ आयोग गठन गरेको हो ।

आयोगमा प्रमुख सेनानी डा. राजीव देव, क्याप्टेन केके शर्मा, क्याप्टेन सुनिल प्रधान, उद्धवप्रसाद सुवेदी सदस्य छन् भने सहसचिव बुद्धिसागर लामिछानेलाई सदस्य सचिव तोकिएको छ ।

आयोगलाई यथाशिघ्र छानवीन गरी प्रतिवेदन बुझाउने कार्यादेश दिइएको जनसंख्या तथा वातावरण मन्त्री लालबाबु पण्डितले जानकारी दिए ।

सरकारले विमान दुर्घटनामा गरी ज्यान गुमाएकाहरुप्रति गहिरो दुःख व्यक्त गरेको छ । शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरेको छ भने घाइते भएकोहरुको शिघ्र स्वास्थ्य लाभको कामना पनि गरेको छ ।

मन्त्रिपरिषद बैठकले प्रदेशको मुख्य न्यायाधिवक्ताको सपथ उच्च अदालतका मुख्य न्यायाधिशको उपस्थितिमा प्रदेश प्रमुखले गर्ने प्रस्ताव पनि स्विकृत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment