आइतबार, १० असार, २०७५
Ruslan
OnlineKhabar.com
Suzuki

दुर्घटनाअघि पाइलटलाई कन्ट्रोल रुमको चेतावनीः म फेरि भन्छु, त्यसो नगर्नुस्

Suzuki
अनलाइनखबर

२८ फागुन, काठमाडौं । यूएस बंगला एयरलाइन्सको विमान त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा दुर्घटना हुँदा ४९ जनाको मृत्यु भएको छ ।

विमानमा रहेका २१ जना घाइते भएका छन् । एकजनाको अवस्था अज्ञात छ । विमान दुर्घटनाअघि कन्ट्रोल रुम र पाइलटबीच भएको सम्वाद सावर्जजिक भएको छ ।

यो सम्वादमा ‘जिरो-२’ र ‘२-जिरो’ मध्ये कुन ठाउँबाट विमान अवतरण गर्ने भन्नेबारे लामै कुराकानी भएको छ । तर, अन्तिममा कन्ट्रोल रुमले रन वे जिरो-२ मा अवतरण गर्नु अनुमति दिन्छ ।

पाइलटसँग सम्वाद टुट्नु अघि कन्ट्रोल रुमले चेतावनी दिन्छः बंगला स्टार-२११ । म फेरि भन्छु, त्यसो नगर्नुस् । तर, बंगलाका पाइलटले कुनै जवाफ दिँदैन ।

सम्वाद टुटेको झण्डै १२/१३ मिनेटपछि बल्ल कन्ट्रोलले थाहा पाउँछ- विमान दुर्घटना भइसकेछ ।

यस्तो छ पाइलट र कन्ट्रोल रुमको सम्वाद

कन्ट्रोल रुमः वांगला स्टार २११ । म फेरि भन्छु, रन वे २ जिरो तिर नजानुस् । अहिले जुन पोसिजनमा छ, त्यहीँ रहनुस् ।

पाइटलः ओके । हामी दायाँ फन्को लिँदैछौं । रन वे ० २ तर्फ हेर्दैछौं ।

कन्ट्रोल रुमः ठीक छ तर, तुरुन्तै अवतरण नगर्नुस् । छोटो रन वे प्रयोग गर्ने ट्राफिक (जहाज) त्यहाँ छ ।

… बुद्ध एयर ३५२ एकछिन होल्ड गर्नुस् ।

यसैवीच कन्ट्रोल रुमका कर्मचारीहरुको आन्तरिक सम्वाद सुनिन्छ- यो जिरो टू र टू जिरोमा अलमलिए जस्तो छ । यति एयरलाइन्सका पाइलट रमेश श्रेष्ठले यो सम्वाद सुनिरहेका थिए र विमानलाई पनि नियालिरहेका थिए, त्यहाँ उनले भनेको सुनिन्छ- यो कतातिर जाला जस्तो छ । यसलाई राडर भेक्टर प्रयोग गरेर ठाउँमा ल्याउनुपर्छ जस्तो छ । डाँडाकाँडामा भिजिविलिटी राम्रो छैन । (राडर भेक्टर प्रयोगका लागि पाइलटले माग गर्नुपर्छ र कन्ट्रोलले आवश्यक निर्देशन दिएर अवतरण गराउँछ )

कन्ट्रोलले जवाफ दिन्छ- हुन्छ सर

कन्ट्रोल रुमः वांगला स्टार २११ । रनवे ल्याण्डका लागि तयार छ । रन वे जिरो टू र टू जिरो दुबै उपलब्ध छ । कुनमा गर्ने ?

पाइटलः यस सर । हामी टू जिरोमा अवतरण गर्न चाहन्छौं ।

कन्ट्रोल रुमः हुन्छ रेन वे टू जिरोमा ल्याण्ड गर्नुस् ।

पाइटलः हुन्छ । अवतरणको प्रयास गर्छौं ।

(केहीबेर कुनै सम्वाद हुँदैन । फेरि कन्ट्रोलरुममा सम्वाद हुन्छ- जिरो टू मा गयो जस्तो छ ।)

कन्ट्रोल रुमः वांगला स्टार २११ । तपाईले रनवेलाई देखिराख्नुभएको छ ? कर्न्फम गर्नुस् ।

पाइटलः अहँ छैन ।

कन्ट्रोल रुमः वांगला स्टार २११, दायाँ मोडिनुस् । …. रनवे अझै देख्नुभएको छैन ?

पाइटलः रन वे देख्यौं । अवतरण गर्ने अनुमति दिनुस् ।

कन्ट्रोल रुमः वांगला स्टार २११, अवतरण गर्नुस् ।

पाइटलः रन वे जिरो टू

कन्ट्रोल रुमः रन वे जिरो टू मा अवतरण गर्नुस् ।

कन्ट्रोल रुमः आर्मी ५-३ ! बंगला स्टार २११ ले रनवेको फन्को मारिरहेको छ, एकछिन होल्ड गर्नुस् । अहिलेको पोजिसनमा एकछिन होल्ड गर्न सक्नुहुन्छ ?

आर्मी ५-३- हुन्छ ।

(कन्ट्रोलले लगत्तै आर्मी ५-३ ले होल्ड गरिरहेको जानकारी दिन्छ ।)

कन्ट्रोल रुम- ९ लिमा ट्यांगो ! अहिलेकै स्थानमा बसिरहनुस् ।

पाइटलः सर, हामीलाई अवतरण गर्ने अनुमति छ ?

(केहीबेर सम्वाद सुनिँदैन, एक्कासी कन्ट्रोलले चेतावनी दिन्छ)

कन्ट्रोल रुमः वांगला स्टार २११, म फेरि भन्छु, त्यसो नगर्नुस् ।

कन्ट्रोल रुममा आवाज आउँछ- फायर ! फायर !

त्यसपछि लगातार केही आवाज आउँछ तर कुनै सम्वाद छैन । कन्ट्रोलले सिम्रिक १-० लाई होल्ड गर्न भन्छ । त्यसबीचमा कन्ट्रोलको अरु विमानसँग सम्वाद हुन्छ । कुनै विमानले के छ भनेर सोध्छ, रन वे बन्द छ भन्ने भन्ने जवाफ आउँछ । त्यसैबीचमा विमानस्थल नै बन्द भएको सूचना आउँछ । बंगला विमानका पाइलटसँग कुनै सम्वाद हुँदैन ।

दक्षिणकाली क्षेत्रमा होल्ड भइरहेको विमानले अवतरणका लागि अनुमति माग्छ । कन्ट्रोलले रन वेको पश्चिमतिर रहन र एक माइल टाढा रहँदा फेरि खबर गर्न भन्छ । केहीबेरमै कन्ट्रोलले लिमा ट्याङ्गो र आर्मी ५-३ लाई रनवे २ जिरोमा अवतरण गर्न अनुमति दिन्छ । कन्ट्रोलले बुद्ध, यति र सौर्य एयरका विमानलाई अहिलेकै अवस्थामा रहन र इन्जिन बन्द गर्न निर्देशन दिन्छ ।

त्यसबीचमा कन्ट्रोललाई कसैले सोध्छ- यो कुन विमान हो ? जवाफ आउँछ- विमान बंगला ।

यसबीचमा होल्डमा रहेको विमान आर्मी ५-३ ले २ जिरोमा अवतरण गर्ने अनुमति पाउँछ ।

कन्ट्रोलले होल्डमा रहेका विमानहरुलाई एयरपोर्ट बन्द रहेको भन्दै लखनउ वा बनारस जान भन्छ । विमान दुर्घटना भएका कारण बन्द भएको जानकारी गराउँछ ।

बंगला विमानको टावरसँग सम्वाद नभएको झण्डै १२ मिनेटपछि कन्ट्रोलले विमान दुर्घटना भएको जानकारी गराउँछ ।

२०७४ फागुन २८ गते २०:२४ मा प्रकाशित (२०७४ फागुन २९ गते ७:५६मा अद्यावधिक गरिएको)
Grace
Grace

सम्बन्धित शीर्षकहरु

अनलाइनखबर सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

मुख्य खबरहरु

९ प्रतिकृयाहरू प्राप्त
  • rosha singh thakuri लेख्नुहुन्छ    |   २०७४ फागुन २८ गते २०:०८

    यो aeroplane त पाइटलले पो चलाको रैछ त किन दुर्घटना नहोस नि

    7
    3
    Share

  • Chhitiz J Thapa लेख्नुहुन्छ    |   २०७४ फागुन २८ गते २०:१३

    Pilot: hunxa, hami danya fanko lidaixau. Runway O2 tarfa herdai xau.

    Tower: Ok. Tara turuntai land nagarnus. Choto runway prayog garne airplanes tyaha xa.

    So yesto bhayeko ni hunxa sakxa. Bangala star 211 was planning to land from the O2 runway tara runway jaam vayekole he moved back to the 2O runway again.
    As long as the aircraft moved till 2O, the runway got cleared on O2 side. Control room le duitai runway “O2 ra 2O” available xa pilot lai land ka garne vanera pani sodxa. pilotle 2O bata garna chahanxau vanda, control roomle anumati dinxa.
    Ani land garna lagda last moment ma
    Pilot: sir hamilai,landing garne anumati xa?control room: Bangala star 211, ma feri vanxu, teso nagarnu hosh!!!!!
    And at that moment the pilot might have loosen the control of the aircraft cause they were not much familiar with the 2O runway!

    This is my myth and understanding to the crash of bangala star 211 according to the conversation i read between pilot and control room!

    12
    0
    Share

  • Chhitiz J Thapa लेख्नुहुन्छ    |   २०७४ फागुन २८ गते २०:१५

    Pilot: hunxa, hami danya fanko lidaixau. Runway O2 tarfa herdai xau.

    Tower: Ok. Tara turuntai land nagarnus. Choto runway prayog garne airplanes tyaha xa.

    So yesto bhayeko ni hunxa sakxa. Bangala star 211 was planning to land from the O2 runway tara runway jaam vayekole he moved back to the 2O runway again.
    As long as the aircraft moved till 2O, the runway got cleared on O2 side. Control room le duitai runway “O2 ra 2O” available xa pilot lai land ka garne vanera pani sodxa. pilotle 2O bata garna chahanxau vanda, control roomle anumati dinxa.
    Ani land garna lagda last moment ma
    Pilot: sir hamilai,landing garne anumati xa?control room: Bangala star 211, ma feri vanxu, teso nagarnu hosh!!!!!
    And at that moment the pilot might have loosen the control of the aircraft cause they were not much familiar with the 2O runway!

    This is my myth and understanding to the crash of bangala star 211 according to the conversation i read between pilot and control room!

    2
    0
    Share

  • Drj लेख्नुहुन्छ    |   २०७४ फागुन २८ गते २०:३७

    मैले नबुझेको कुरा, रनवे लाइ जीरो टू र टू जीरो जस्तो कन्फ्यूजिंग नामाकरण किन गरेको होला? जीरो टू र जीरो थ्री भने हुन्नथ्यो होला?

    50
    5
    Share

  • Drj लेख्नुहुन्छ    |   २०७४ फागुन २८ गते २१:३३

    यहाँ राखिएको अडियो सुन्दा इफेक्टिभ कम्युनिकेशन भएको जस्तो लागेन, ATC ले निर्देशन दिँदा गफ गरेको जस्तो फास्ट नभएर बिस्तारै तर स्पस्ट बुझिने गरी बोल्नु पर्ने हो, अर्को कुरा हामी नेपालीको अंग्रेजी बोलाइ पनि राम्रो हुँदैन ATC जस्तो जिम्मेवारीमा काम गर्ने मान्छे जस्ले विभिन्न देशका पाइलट संग कुरा गर्नु पर्ने हुन्छ, अन्तर्राष्ट्रीय स्तरको अंग्रेजी बोल्ने तालीम दिनु पर्ने देखियो |

    74
    0
    Share

  • Raj लेख्नुहुन्छ    |   २०७४ फागुन २८ गते २२:४५

    Sansar kaha pugisakyo..hami sanga euta gatilo airport pani xaina…neta vasan matrai thokchan..sinko vachne hoina..political corruption le des churlimmai [email protected]@

    6
    1
    Share

  • kriparam लेख्नुहुन्छ    |   २०७४ फागुन २९ गते १:०२

    सुरुमा पाइलट को गल्ति जस्तो लागेको थियो तर यो सम्बाद सुन्दा त कन्ट्रोल पनि स्पस्ट संग कुरा गरे जस्तो लागेन

    अनि कन्ट्रोल ले कडा संग हुन्छ हुँदैन भन्नु पर्दैन ? अर्डर त मान्ने नै रहेछ त पाइलट ले !

    पाइलट ले गलत दिसा बाट आउन खोजे किन कडाइ संग हुन्दैन नभने को??

    अनि किन ०२ र २० जस्तो कन्फ्युज हुने कोड़ राखेको ???

    अति ब्यस्त भएर पनि बिचार कन्ट्रोल मा बस्ने हरु ले stressed भएर राम्ररि concentrate गर्न गारो हुन्छ जस्तो लाग्यो !!

    17
    1
    Share

  • Rahul Ranjan लेख्नुहुन्छ    |   २०७४ फागुन २९ गते ८:११

    यो 02 वा 20 चाहिँ runwayको दिशा अनुसार हुने हो| पाइलट वा ATC यसमा confuse हुने कुरा हैन| धेरै साथीहरुले यस्तो confuse हुने नाम किन राखेको भनेर सोध्नुभएको छ|
    RIP to those who lost their life and Prayer for quick recovery of injured ones.

    10
    0
    Share

  • devendra लेख्नुहुन्छ    |   २०७४ चैत १ गते ११:१६

    20 & 02 is 100% confusing codes of TIA, so it should be changed as soon as possible and communications must be clear with pilots and TIA Tower staff…

    0
    0
    Share

यसमा तपाइको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

Also you may like this