सोमबार, ११ असार, २०७५
Ruslan
OnlineKhabar.com
Suzuki
Advertisment
SKIP THIS
Advertisment
SKIP THIS

घाइतेको बयानः विमान जलिरहृयो, हामी गुहार माग्दै चिच्याइरहृयौं

Suzuki
रविन्द्र घिमिरे

२८ फागुन, काठमाडौं । बंगलादेशकी सरिन अहमद पोखरा घुम्न साथीसँगै ढाकाबाट काठमाडौं उडेकी थिइन् । तर, काठमाडौंमा पाइला टेक्नै नपाउँदै जे भयो, त्यो कहालीलाग्दो छ ।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा दुर्घटना भएको यूएस बंगलाको विमान सवार ७१ यात्रुमध्ये उनी पनि एक थिइन् । यति मात्र होइन, दुर्घटनामा परेर पनि जीवित रहेका २१ ‘भाग्यमानी’ मध्ये पनि उनी एक हुन् ।

तर, उनले आफ्नो साथी गुमाएकी छन् ।

सरिनका अनुसार आफूहरु सवार विमान काठमाडौंको आकाशमा आएपछि पाइलटले विमान अवतरण गर्ने तयारीमा रहेको जानकारी गराएका थिए । तर, अवतरण हुन सकेन ।

त्यसपछि घुमेर फेरि अवतरणको प्रयास भयो । विमान देब्रेतिर धेरै ढल्कियो । उनलाई केही असहज लाग्यो ।

तर, पाइलटले अवतरण गर्ने तयारीमा छौं भनेकाले उनीसहित सबै यात्रुहरु ढुक्कजस्तै थिए ।

उनी भन्छिन्, ‘सबथोक अचानक भयो ।’

मसँग एक साथी थिए । तर, उनी त्यहीँ … यति भनेर उनले गहभरि आँशु बनाइन् । शायद उनलाई साथी गुमाएको थाहा भइसकेको थियो ।

२९ वषर्ीया सरिन स्कुलमा काम गर्थिन् ।

साथीसँग पोखरा घुम्न उनी पहिलोपटक नेपाल आएकी हुन् । उनीहरुको शुक्रबार बंगलादेश फर्किने योजना थियो ।

तर, पहिलोचोटि काठमाडौं अवतरण गर्ने क्रममा उनी दुर्घटनामा परिन् । उनको खुट्टामा चोट लागेको छ । साथी गुमेका छन् ।

विमान दुर्घटनापछिको भयावह अस्वस्था सम्झँदै उनी भन्छिन्, ‘सबैले भगवान पुकारिरहेका थिए । म र अर्की एकजनाले सहयोग माग्दै धेरै चिच्यायौं ।’

उनका अनुसार दुर्घटनालगत्तै विमानमा आगो लाग्यो । झण्डै २० मिनेटमा आगो नियन्त्रणमा आयो । त्यसपछि उनले केही राहतको सास फेरिन् तर, त्यतिबेलासम्म धेरैले ज्यान गुमाइसकेका थिए ।

सरिन भने विमानबाट ओर्लेर हिँडेरै एम्बुलेन्ससम्म पुगिन् ।

अस्पतालमा भेट्ने धेरैले उनलाई तपाई त भाग्यमानी हुँनुहुँदोरहेछ भनिरहेका थिए । तर, उनी भने गहभरि आँसु पार्दै भन्दै थिइन, मैले मेरो साथी गुमाएँ ।’

२०७४ फागुन २८ गते १९:४६ मा प्रकाशित (२०७४ फागुन २९ गते १०:३८मा अद्यावधिक गरिएको)
Grace
Grace

सम्बन्धित शीर्षकहरु

अनलाइनखबर सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

मुख्य खबरहरु

१ प्रतिकृया प्राप्त
  • पृथ्वी लेख्नुहुन्छ    |   २०७४ फागुन २९ गते १०:५९

    सबैले अाफ्नाे जिम्मेवारी पुरा गर्नु पर्छ। अन्य कुरा जे भए पनि दमकलकाे कर्मचारीकाे लापरवाही क्षमा याेग्य छैन । सरकारी जागीरमा घाम ताप्ने परीपाटीले थप मानविय क्षती भएकाे देखिन्छ । जसले नेपालकाे अन्तर्ष्ट्रिय छवी खराव बनाएकाे छ। यसैले ती कर्मचारी जाे त्यहाँ डिउटीमा थिए नैतीकताकाे अाधारमा राजिनामा दिर्इ घर बसुन ताकी जिम्वेवार मानिसलार्इ अवसर मिलाेस् । अब याे परीपाटी नेपालकाे सबै क्षेत्रमा लागू हुनु पर्छ । याेग्य मानिसले देशमा काम नपाउदा देश छाेड्ने लाखाै छन चेतना भया !

    8
    1
    Share

यसमा तपाइको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

Also you may like this