+
+

प्रधानमन्त्री ओली र बंगलादेशका उड्डयन मन्त्रीबीच भेट

अनलाइनखबर अनलाइनखबर
२०७४ फागुन ३० गते १४:५३


३० फागुन, काठमाडौं । विमान दुर्घटनाबारे जानकारी लिन आएका बंगलादेशका नागरिक उडड्यन तथा पर्यटन मन्त्री एकेएम शाहाजहाँ कमालले बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेका छन् ।

प्रधानमन्त्री ओलीले विमान दुर्घटनाबाट निधन भएकाहरुको शोकमा परेका बंगलादेशका प्रधानमन्त्री, सरकार र जनतालाई समवेदनासहित सहानुभुति प्रकट गरे । उनले घटनाको छानविनका लागि सरकारले जाँचबुझ आयोग गठन गरेको जानकारी गराउँदै आयोगको प्रतिवेदन आएपछि सत्यतथ्य बाहिर आउने बताए ।

बंगलादेशका मन्त्री कमालले नेपाल सरकारले विमान दुर्घटनापछि घाइतेको उद्दार र उपचारमा देखाएको सक्रियताको प्रशंसा गरे । नेपालको यो सदासयताका लागि बंगालादेशका प्रधानमन्त्री शेख हसिना वाजेदले प्रधानमन्त्री ओलीलाई कृतज्ञतासहित धन्यवाद ज्ञापन गरेको मन्त्री कमालले जानकारी गराए ।

फागुन २८ गते बंगलादेशको राजधानी ढाकाबाट काठमाडौं आएको युएस बंगला एयरलाइन्सको विमान त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा दुर्घटना हुँदा ४९ जनाको मृत्यु भएको थियो । घटनाबारे जानकारी लिन बंगलादेशका नागरिक उड्डयन मन्त्री मंगलबार काठमाडौं आएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?