+
+

सुर्खेतको बिर्खममा ट्रक दुर्घटना, तीन घाइते, चालक गम्भीर

अनलाइनखबर अनलाइनखबर
२०७४ चैत १ गते १८:००

१ चैत, काठमाडौं । सुर्खेतको चिङगाड गाउँपालिका-६ मा बिर्खममा ट्रक दुर्घटना भएको छ ।

बिर्खमबाट बिहीबार वीरेन्द्रनगरतर्फ जडिबुटी ल्याएर आउँदै गरेको ना६ख ४६२१ नम्बरको ट्रक अनियन्त्रित भई दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

दुर्घटनामा ट्रकका चालक दैलेख गुराँस गाउँपालिका-५ का गणेश चन्द गम्भीर घाइते भएका छन् । यस्तै सोही ठाउँका धनबहादुर बुढा र वडा नं. ७ का कर्णबहादुर थापा सामान्य घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतका इन्चार्ज कविराम सेन्चुरीले जानकारी दिए ।

घाइतेहरूको देउती अस्पताल वीरेन्द्रनगरमा उपचार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?