४ चैत, सुर्खेत । जिल्लाको पश्चिममा रहेको बराहताल गाउँपालिका-८ दमारेमा ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
पश्चिम बड्डीचोरबाट वीरेन्द्रनगर आउँदै गरेको भे१त ८४९० नम्बरको ट्रयाक्टर दुर्घटना हुँदा वीरेन्द्रनगर-१ का १४ वर्षका आशिष नेपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
प्रहरीका अनुसार ट्रयाक्टर अनियन्त्रित भइ दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालयका प्रमुख उमाप्रसाद चतुर्वेदीका अनुसार ट्रयाक्टर दुर्घटनामा थप दुईजना घाइते भएका छन् ।
दैलेखको गुराँस गाउँपालिका-१ घोडाबासका २८ वर्षका जिते नेपाली र सुर्खेतको बराहाताल गाउँपालिका-२ का १४ वर्षका क्षितिज विष्ट घाइते भएको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4